‘मेड इन नेपाल’ एक्स्पो चितवनमा सुरु: स्वदेशी उत्पादनको उत्सव

चितवन, २९ चैत्र २०८१ः

“हाम्रो उत्पादन, हाम्रो गर्व” भन्ने सन्देशसहित आजबाट नारायणगढको क्याम्पाचौरमा ‘मेड इन नेपाल एक्स्पो तथा फुड फेस्टिभल’ सुरु भएको छ। नेपाल युवा उद्यमी मञ्च चितवनद्वारा आयोजित यो मेला यसपालि सातौं संस्करणमा प्रवेश गरेको हो।

भरतपुर महानगरकी मेयर रेनु दाहालले मेलाको उद्घाटन गर्दै निजी क्षेत्रको सशक्तीकरणमार्फत अर्थतन्त्र चलायमान बनाउने आवश्यकता औँल्याउनुभयो। कार्यक्रममा ‘मेड इन भरतपुर’ नामक नयाँ लोगोसमेत सार्वजनिक गरिएको छ।

एक्स्पोमा ११० भन्दा बढी स्टल रहेका छन् जहाँ नेपाली हस्तकला, लुगा, खाद्य सामग्रीदेखि नवप्रवर्तनमूलक उत्पादनहरू प्रदर्शित छन्। बिहान १० देखि साँझ ६ बजेसम्म चल्ने मेलामा हरेक साँझ ५ देखि ९ बजेसम्म ग्राण्ड फुड फेस्टिभल पनि आयोजना हुने छ।

स्थानीय उद्यमी, व्यवसायी, र युवा अभियानकर्ताहरूको उपस्थितिले मेला झनै आकर्षक बनेको छ। आयोजकको विश्वास छ—स्वदेशी उत्पादनप्रतिको गर्वले नेपाली बजारमा नयाँ उत्साह ल्याउनेछ।

मेला वैशाख २ गतेसम्म सञ्चालन हुनेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!