पत्रकार महासंघ भक्तपुर शाखाको भित्ते पात्रो विमोचन

भक्तपुर, १ वैशाख २०८२:

नयाँ वर्ष २०८२ को अवसरमा नेपाल पत्रकार महासंघ भक्तपुर जिल्ला शाखाले भित्ते पात्रो विमोचन गरेको छ।

आज आयोजित भिते पात्रो बिमोचन कार्यक्रममा संघका पूर्व केन्द्रीय सचिव तथा पुर्ब जिल्ला अध्यक्ष नारायण किलम्बु, पूर्व जिल्ला अध्यक्ष पुस्कर बुढाथोकी, तथा शाखा अध्यक्ष सुन्दर शिल्पकारको उपस्थितिमा भित्ते पात्रो सार्वजनिक गरिएको हो।

कार्यक्रममा बोल्दै पुर्ब सचिब किलम्बुले पत्रकारहरूको सुरक्षा, सामाजिक न्याय र प्रेस स्वतन्त्रताको वर्तमान अवस्थाबारे गम्भीर बहस हुनुपर्ने बताए। प्रेस स्वतन्त्रतामाथि भइरहेको अघोषित हस्तक्षेपप्रति चिन्ता व्यक्त गर्दै उनले पत्रकारहरू अझ सजग र एकजुट हुनुपर्नेमा जोड दिए।

अध्यक्ष सुन्दर शिल्पकारले, जिल्लामा महासंघद्वारा सञ्चालित कार्यक्रमहरूको समीक्षा गर्दै आगामी दिनमा पत्रकारिता तालिम, कल्याणकारी कार्यक्रम र मिडिया अनुगमन जस्ता क्रियाकलापलाई प्राथमिकता दिने बताएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!