‘मेटा सूचिकृत नभए सात दिनमा बन्द गर्छौं’ – सूचना प्रविधि मन्त्री गुरुङ

काठमाडौँ, १२ वैशाख २०८२

सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालमा सेवा दिइरहेका सामाजिक सञ्जाल प्लेटफर्म मेटालाई सात दिनभित्र सञ्चार मन्त्रालयमा सम्पर्क गरी सूचीकरण गर्न अन्तिम चेतावनी दिनुभएको छ। उहाँले निर्धारित समयसीमाभित्र प्रक्रिया पुरा नभए मेटा बन्द गरिने कडा संकेत दिनुभयो।

राष्ट्रिय सूचना आयोगद्वारा आज काठमाडौँमा आयोजित ‘सूचनाको हकसम्बन्धी विभाग स्तरीय अन्तरक्रिया’ कार्यक्रममा बोल्दै मन्त्री गुरुङले मेटालाई तीनपटक पत्राचार गरेर पनि कुनै प्रतिक्रिया नआएको जनाउनुभयो। “नेपालमा व्यवसाय गर्ने, तर कानुनी प्रक्रिया नमान्ने — यो अपमानजनक प्रवृत्ति हो”, उहाँले भन्नुभयो।

मन्त्री गुरुङका अनुसार मन्त्रालयका सचिव स्तरबाट मेटाका प्रतिनिधिसँग सम्पर्क गरी स्थानीय सम्पर्क केन्द्र तोक्न पहल भइरहेको छ। यसअघि टिकटक, भाइबर, विटक जस्ता अन्य सामाजिक सञ्जाल प्लेटफर्महरू मन्त्रालयमा सूचीबद्ध भइसकेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!