हट्यो डिजिटल भुक्तानीमा लाग्दै आएको भ्याट

काठमाडौ, १५ जेठ २०८२ः

डिजिटल भुक्तानीमा सरकारले लगाउँदै आएको मूल्य अभिवृद्धि कर (भ्याट) खारेज भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारले डिजिटल भुक्तानीमा भ्याट खारेज गरेको हो । ‘डिजिटल कारोबारलाई प्रोत्साहित गर्न समाशोधनगृहको सेवामा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छु’ मन्त्री पौडेलले बजेट भाषणका क्रममा भने ।

१३ प्रतिशत भ्याट हटेपछि अब सेवा प्रदायकले डिजिटल कारोबारमा लाग्ने शुल्क पनि केही घट्नेछ । ११ रुपैयाँ ३० पैसा लाग्दै आएको शुल्क १० रुपैयाँमा झर्नेछ भने ९ रुपैयाँ ४ पैसा लाग्दै आएको शुल्क ८ रुपैयाँमा झर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!