फलाखु खोलामा फड्के, स्याफ्रुबेँसीमा तुइन निर्माण

रसुवा । बाढीले पक्की पुल बगाएपछि अवरुद्ध रसुवा–नुवाकोट सडकखण्डमा वैकल्पिक फड्के र तुइन निर्माण गरी पैदल आवागमन सञ्चालनमा ल्याइएको छ ।

फलाखु खोलास्थित बेत्रावतीमा बाँस तथा काठ प्रयोग गरी फड्के निर्माण गरिएको छ भने स्याफ्रुबेँसीस्थित भोटेकोशी नदीमाथि फलामे तुइन जडान गरिएको सशस्त्र प्रहरी बलका प्रहरी उपरीक्षक तुलबहादुर भण्डारीले जानकारी दिनुभयो ।

सुरक्षा निकाय र स्थानीयवासीको सहयोगमा निर्माण गरिएका संरचनाले तत्कालका लागि आवागमन सहज भएको जनाइएको छ । स्याफ्रुबेँसीको तुइन निर्माण सम्पन्न भए पनि पदमार्ग व्यवस्थित गर्ने काम भइरहेको र एक–दुई दिनभित्र पूर्ण रूपमा सञ्चालनमा आउने बताइएको छ ।

स्थानीयवासीले भने दीर्घकालीन समाधानका लागि बाढीले क्षति पुर्‍याएका पुलको पुनर्निर्माणसँगै बेलिब्रिज निर्माण गर्न माग गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!