वर्ल्ड वाइड वेभ (www) यस बर्षबाट ३४ वर्ष पुरा

नेपालमा इन्टरनेटको पिता महावीर पुन मेरो साइवर क्याफेको नियमित ग्राहक ः सुनिल उलक

मार्च १२, १९८९ मा शुरु भएको वर्ल्ड वाइड वेभ (www) यस बर्षबाट ३४ वर्ष पुरा भएको छ । यो संगै मैले इन्टरनेट चलाउन थालेको पनि २९ वर्ष भयो । थोरैले मात्र पोखरामा शुरुको दिनहरुमा इन्टरनेट चलाउन पाएका थिए ।

यो तस्विर २३ वर्ष अगाडीको मेरो कमाउने ठाँउको हो । मेरो साइवर क्याफे “Cyber@City” पोखरामा इन्टरनेटको सुविधा दिने पहिलो ठाँउ थियो । यो डेकोरेशन तेश्रो हो । शुरुमा एउटा मात्र कम्प्यूटर पछि चारवटा थप भएर पाँचवटा कम्प्यूटर त्यसपछि ४ वटा थपेर ९ वटा कम्प्यूटरबाट सेवा दिन थालियो । अनौठो त त्यतिबेला इन्टरनेट चलाउने ग्राहक भने बिदेशी मात्र हुन्थे ।

अहिले नेपालमा इन्टरनेटको पिता भनेर चिनाइने महावीर पुन पनि मेरो नियमित ग्राहक हुनुहुन्थ्यो । वहाँ अमेरिकामा अध्ययन गर्नुहुदा वहाँलाई मेरो साइवरबाट नै नियमित सन्देश जाने हुँदा नेपाल फर्कदा मेरो साइवरमा नै आउन थाल्नु भयो । क्याम्ब्रिज यूनिवर्सिटीका प्रोफेसर एलेन म्याकफर्लेन पनि नेपाल आउनुहुँदा मेरो साइवरमा नै नियमित बस्नुहुन्थ्यो । वहाँको श्रीमतीले खिच्नुभएको मेरो साइवरको फिल्म पनि मसंग अहिले सुरक्षित राखेको छु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!