भोलिदेखि निर्वाचन सुरक्षामा सेना परिचालन

काठमाडौं , २० माघ २०८२ः

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनको सुरक्षा व्यवस्था सुदृढ बनाउन भोलिदेखि नेपाली सेना परिचालन गरिने भएको छ। निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउने उद्देश्यले सरकारले प्रतिनिधिसभा सदस्य निर्वाचन एकीकृत सुरक्षा योजना–२०८२ कार्यान्वयनमा ल्याएको हो।

उक्त योजना अनुसार नेपाली सेनाको संयोजनमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र निर्वाचन प्रयोजनका लागि भर्ना गरिएका ‘निर्वाचन प्रहरी’ परिचालित हुनेछन्।

सुरक्षा व्यवस्थालाई तीन तहमा विभाजन गरिएको छ। मतदानस्थलको भित्री घेरामा नेपाल प्रहरी र निर्वाचन प्रहरी खटिनेछन्। दोस्रो तहको सुरक्षा घेरा सशस्त्र प्रहरीले नेपाली सेना र नेपाल प्रहरीसँगको समन्वयमा सम्हाल्नेछ। बाहिरी सुरक्षा घेराको जिम्मेवारी भने नेपाली सेनाले लिनेछ।

सेनाका अनुसार निर्वाचन प्रयोजनका लागि देशभरका १६५ वटै निर्वाचन क्षेत्रमा भोलिदेखि सेना परिचालन हुनेछ। आवश्यकता अनुसार विभिन्न स्थानमा सेनाको ‘बेस’ स्थापना गरिने र अवस्थाअनुसार संयुक्त गस्तीसमेत सञ्चालन गरिने सेनाका प्रवक्ता एवं सहायक रथी राजाराम बस्नेतले जानकारी दिएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!