कान्तिपुर फर्मास्युटिकल्सलाई आईपीओ निष्कासन गर्न सेबोनको अनुमति

काठमाडौं। कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले सर्वसाधारणका लागि १७ लाख कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्ने अनुमति पाएको छ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल १७ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने तयारी गरेको छ। कम्पनीको आईपीओ निष्कासनका लागि मुक्तिनाथ क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ।

कम्पनीले कुल ८० लाख कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएकोमा १७ लाख कित्ता अर्थात् २१.२५ प्रतिशत सेयर सर्वसाधारणका लागि छुट्याइएको छ। बाँकी ६३ लाख कित्ता अन्य समूहका लागि छुट्याइएको छ।

पशुपन्छीको स्वास्थ्यसँग सम्बन्धित औषधि, पोषण तथा आहारपूरक उत्पादनको अनुसन्धान, उत्पादन र बिक्री वितरण गर्दै आएको कम्पनीको उत्पादन केन्द्र काभ्रेको पाँचखाल नगरपालिका–७ शिखरपुरमा रहेको छ। कम्पनीका अध्यक्ष हेमराज बडाल (ऋ्षि) रहेका छन्।

नेपाल धितोपत्र बोर्डले कात्तिक १९ गते ल्याबलाई आईपीओ निष्कासनको स्वीकृति दिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!