नेपाल पशुपन्छी औषधि व्यवसायी संघको महासचिवमा विकास शर्मा तिमिल्सिनाको उम्मेदवारी

काठमाडौं । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको आसन्न १५औँ राष्ट्रिय महाधिवेशनमा युवा व्यवसायी विकास शर्मा तिमिल्सिनाले महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।

संघका पूर्व केन्द्रीय सदस्य समेत रहनुभएका तिमिल्सिनाले नौलो आयाम डटकमसँग कुरा गर्दै महासचिव पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको हो। उहाँले यसअघि संघको काभ्रे जिल्ला शाखाको अध्यक्षको जिम्मेवारी सफलतापूर्वक पूरा गरिसक्नुभएको छ।

जिल्ला शाखाको नेतृत्व देखि केन्द्रीय तहसम्मको संगठनात्मक अनुभव हासिल गर्नु भएका तिमिल्सिनाले अब संघको केन्द्रीय नेतृत्वमा रहेर व्यवसायीका साझा सवाललाई प्रभावकारी रूपमा उठाउने बताए।

शर्माले पशुपन्छी औषधि व्यवसायलाई व्यवस्थित, मर्यादित र पारदर्शी बनाउने, व्यवसायीको हकहित संरक्षण गर्ने तथा व्यवसायसँग सम्बन्धित नीतिगत र व्यावहारिक समस्याको समाधानका लागि पहल गर्ने बताए।

युवा व्यवसायीका रूपमा परिचित तिमिल्सिनाले आफ्नो व्यावसायिक तथा सांगठनिक अनुभवलाई संस्थाको हित र पशुपन्छी औषधि व्यवसाय क्षेत्रको समग्र विकासमा उपयोग गर्ने लक्ष्यसहित महासचिव पदमा उम्मेदवारी दिएको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!