भक्तपुर । नेपाल पशुपन्छी औषधि व्यवसायी संघको काठमाडौमा हुने आसन्न १५औँ राष्ट्रिय महाधिवेशनमा चीना कुमारी लामाले केन्द्रीय सदस्य (महिला खुलातर्फ) पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ।
नौलो आयाम डटकमसँग कुरा गर्दै लामाले आगामी महाधिवेशनमा महिला खुलातर्फ केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने जानकारी दिनुभएको हो।
लामो समयदेखि भेटेरिनरी क्षेत्रमा सक्रिय रहँदै आउनुभएकी लामा यसअघि संघको केन्द्रीय सदस्यको जिम्मेवारीमा रहेर काम गरिसक्नुभएको छ। उहाँ पशु स्वास्थ्य तथा पशु सेवा व्यवसायी परिषद्को निर्वाचित सदस्यसमेत हुनुहुन्छ।
भेटेरिनरी क्षेत्रको व्यावसायिक विकास र व्यवसायीका हकहितका सवालमा निरन्तर सक्रिय रहँदै आउनुभएकी लामाले आफ्नो अनुभवलाई संघको संस्थागत विकासमा उपयोग गर्ने उद्देश्यसहित उम्मेदवारी अघि सारेको बताए।
लामाले महिला व्यवसायीको सहभागिता र नेतृत्वदायी भूमिकालाई थप प्रभावकारी बनाउँदै संघलाई सशक्त संगठनका रूपमा अघि बढाउने बताए।