हेटौडा, जेठ १०, २०८०ः
हेटौडामा जारी दोश्रो बागमति प्रदेश खेलकुद प्रतियोगिताको एथलेटिक्स ्तर्फ भक्तपुरले १ स्वर्ण सहित चार पदक जितेको छ।
एथलेटिक्सको ४*४०० मिटर रिले ईभेन्टमा भक्तपुर टिम प्रथम हुन सफल भएको छ। उक्त इभेन्टमा प्रकृति सुवाल, उर्जा मधिकर्मि, श्रयस्का सिल्पकार र स्वागता खाईजु सम्मिलित थिेए।
त्यसैगरी भक्तपुरका उदियमान खेलाडी स्वागता खाईजुले १०० मिटर र २०० मिटर इभेन्टमा दोहोरो रजक पदक जितेका छन।
५००० मिटर इभेन्टमा खेलाडी रेस्तिना सितिखुले तृतिय स्थान हादिल गर्न सफल भए।
खेलाडीहरुको प्रदर्शनबाट आफु सन्टुष्ट रहेको टिम प्रशिक्षक आशाराम गोथेले नौलोआयाम ड्टकमलाई जानकारी दिनु भयो ।
