पैसा खाएको पुष्टि गर्न रास्वपा प्रवक्ता ढकालको चेतावनी

काठमाडौं :

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता तथा महामन्त्री मुकुल ढकालले ढाकाकुमार श्रेष्ठसँग २ करोड ८४ लाख पैसा खाएको पुष्टि गर्न चेतावनी दिएका छन् । प्रवक्ता ढकालले बुधबार सामाजिक संजालमार्फत यस्तो चेतावनी दिएका हुन् ।

उनले केहि  सञ्चार माध्यममा आफू  र पार्टी उपसभापति डिपि अर्यालले ढाका कुमार श्रेष्ठसँग २ करोड ८४ लाख मागेको भनेर समाचार आएकोमा गम्भिर ध्यानाकर्षण भएको बताउँदै सो को पुष्टि गर्न चेतावनी दिएका हुन् ।

‘यो हाम्रो मान, प्रतिष्ठा र इज्जतलाई धुमिल्याउन सकिन्छ कि भनेर सार्वजनिक गरिएको देखिन्छ । यसलाई कसैले पुष्टी गर्छ भने हामी जस्तो सुकै सजाय भोग्न तयार छौँ’ उनले लेखेका छन, ‘यसबाट हामीले हाम्रो मानहानी भएको महसुस गरेको हुँदा अदालतमा मानहानीको मुद्दा दर्ता गर्दै छौँ ।’

उनले आरोप लगाइएको २ करोड ८४ लाख बराबर नै क्षतिपूर्तिको माग दावि गरि मुद्दा दर्ता गर्ने र अदालतले दिने क्षतिपूर्ति रास्कोट अस्पताललाई सहयोगार्थ दिने समेत घोषणा गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!