नेपाल पशुपन्छी औषधी बजार प्रतिनिधि संघ चितवनको तेस्रो अधिवेशन, विष्णु बस्नेतको अध्यक्षतामा नया कार्यसमिति

भरतपुर, पुष २३, २०७९ः

रत्न काजि प्रजापति

नेपाल पशुपन्छी औषधी बजार प्रतिनिधि संघ चितवनको तेस्रो अधिवेशन तथा साधारण सभा आज सम्पन्न भएको छ। बनभोज कार्यक्रम सहित आयोजना भएको उक्त अधिबेशनले नया कार्य समिति ्समेत चयन गरेको छ ।

आज भएको तेस्रो अधिवेशन तथा साधारण सभाबाट विष्णु बस्नेत अध्यक्षमा चयन हुनुभएको छ । कार्यसमितिको उपाध्यक्षमा नवीन दाहाल,सचिवमा दयाराम कडेल र कोषाध्यक्ष जयराम नेपाल चयन हुनुभएको छ।

त्यसैगरी सदस्यमा दिपक गिरी, अविनाश गुप्ता, मिथलेस कुमार गिरी, ओम प्रकाश साह, दिनेश गौतम, जीवन कोइराला र सविन सुवेदी चयन हुनुभएको छ। सल्लाहकार महेश्वर ढकालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त अधिबेशन निबर्तमान अध्यक्ष परशुराम न्यौपानेको सभापतित्वमा भएको थियो।

नेपाल पशुपन्छी औषधि बजार प्रतिनिधि संघ चितवन जिल्लालाई आधार बनाएर कार्यरत पशुपन्छी औषधि बजार प्रतिनिधिको ब्याबसायिक हक हितको लागि कार्यरत छाता सन्गठन हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!