मध्यपुर थिमिमा असोज १२ गते शुक्रबार राति जिव्रो छेडने जात्रा हुने, सम्पुर्ण तयारी पुरा

मध्यपुर थिमि, असोज ९, २०८०ः

मध्यपुर थिमिमा यहि असोज १२ गते मनाईने जिब्रो ्छेड्ने जात्राको सम्पुर्ण तयारी पुरा भएको छ। मध्यपुर थिमि नगरपालिकाले आज आयोजना गरिएको प्रेस सम्मेलनमा उक्त जानकारी दिएको हो। यस वर्ष मध्यपुर थिमि नगरपालिका वडा नं– ५ चोडे टोल निवासी बालकराम नानी श्रेष्ठले दोस्रो पटक (पहिलो पटक बि.सं. २०७५) जिब्रो छेड्ने साहसिक घोषणा गरेका छन्। यो जात्रा यस वर्ष असोज १२ गते शुक्रबार हुनेछ। जिब्रो छेड्ने स्थान भने मध्यपुर थिमि नगरपालिका वडा नं ५ दिगु टोलस्थित दिगुभैरब मन्दिर अगाडिको डबालीमा हुने गर्दछ।

जिब्रो छेडेपछि भ्ये (महादिप) बोक्न लगाई उसको इच्छा अनुसार नगर परिक्रमा गराउने गर्दछ। तर यस वर्ष जिब्रो छेड्ने व्यक्ति बालकराम नानी श्रेष्ठले जिब्रो छेडिसकेपछि पशुपति जान इच्छा गरेकोले उनको इच्छा अनुसार पशुपतिमा राति नै पैदल जाने भएका छन।

जात्रा सम्बन्धि प्रेस विज्ञप्ति

येंया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा (थिमिया मेंय् प्वाः खनेगु जात्रा)

नेपाल मण्डलको मानवीय सुसंस्कृत बस्तीको रुपमा प्रख्यात तीन शहरहरु काठमाडौं,ललितपुर र भक्तपुर माझमा अवस्थित ऐतिहासिक तथा सांस्कृतिक रुपमा परिचित नगरको नाम हो, मध्यपुर थिमि । यस नगरमाअझ अरु नगरहरुमा जस्तै आफनो मौलिक पहिचान बनाउन विभिन्न रिति रिवाज, चालचलन, भेष भुषा, लवाई खवाई र सांस्कृतिक पहिचानले मानव बस्तिको भौगोलिक अवस्था अनुसार चाड पर्व जात्रा आदि एकिकृत गरी सांस्कृतिक रुपमा यस नगर भिन्नै प्रकारको मौलिक धांचामा लयबद्ध रुपमा संचालित गया मुगः चन्हे, जनैपुन्हि (गु पुन्हि ) गाई जात्रा (सां या वनेगु), जुगः चन्हे, भैल प्याखं निलबाराही गण प्याख पुलुकिसी प्याख, महाकाली प्याख, लुसि प्याख, विस्का जात्रा, खड्ग जात्रा, आदी जात्रा पर्वहरुलाई मानव उन्मुक्तिको उत्सवको रुपमा संचालन हुदै आएको छ । जात्रा, पर्व र चाडहरु किन, कसरी र कस्को व्यवस्थापनमा संचालन भए भन्नेबारे हामीले युग सुहाउदो ढंगले अध्ययन अनुसन्धान गर्दै लोपन्मुख जात्राहरुलाई निरन्तरता गर्नु आजको आवश्यकता हो । माथि उल्लेखित जात्रा पर्वहरु मध्ये जिवंत रुपमा परिचित मानव संवेदनशिल अंग मध्ये एक जिब्रो (मेंय्)मा फलामको सियो(नातु)ले छेड मनाउने जात्रा(जिब्रो छेड्ने जात्रा)पौराणिक कालदेखि चल्दै आएको हामीमा सर्बबिदितै छ ।
परिवेश र परिस्थितिलाई मध्य नजरमा राखी मानविय श्रमबाट मूक्त अवस्थालाई मनोरणजन दिई मानव बस्तिमा आई पर्ने दैविक तथा प्राकृतिक विपतिलाई पन्छाउने उदेश्य अनुरूप यस जात्रा चलि आएको पौराणिक कथन रहिआएको छ । पौराणिक कथन अनुसार परापूर्वकालमा मध्यपुर थिमिका स्थानीय बासिन्दाहरुमा विभिन्न खालका रोग, डर र भयले त्रसित बनाई दिई भयवित मानवविय मनलाई शान्ति दिलाई सुख चयनले बाच्न दिने अभिप्रायले कल्याणी भाव भएका एक महान् मानवले आराध्येदेवी श्री बालकुमारी माईको साधन गरी वहांको दिव्य उपदेशलाई मनन गरी थिमि बासीहरुको साथ सहयोग लिई भाद्र शुक्ल पुर्णिमाका दिन एक साहसिक निर्भिक व्यक्तिलाई फलामको सियोले जिब्रो छेडेर मेंय् प्वाः खना) नगर परिक्रमा गराइयो । ती साहसिक व्यक्तिले आफनो पिडालाई वास्ता नगरी थिमि भेगको मात्र होईन आफनो बस्ति आसपासमा पनि भुत प्रेत र पिचास होलान् र तिनीहरुलाई पनि भगाउनु पर्छ नत्र बाहिरको त्यस्ता पिचासहरु फेरि पनि दुख देला भनि सोचेर चांगुनारायण, गुहेश्वरी, पशुपति आदि बस्तिहरुमा भ्ये (महादिप)तथा आकाशदिप यां मता) लिई घुमेर यस नगर क्षेत्रको मानव मनलाई शान्तिको महसुस दिलाई चयनका साथ बस्न लाएको, बस्तिमा सुरक्षा र सहकाल आएको आम जनधारण छ ।
यस ऐतिहासिक जात्रा वि. सं २०२६ साल देखि लुप्त भईसकेको अवस्थालाई पुन संचालन गर्न वि.सं. २०५० सालबाट मध्यपुर थिमि चोडे टोल निवासी कृष्ण नानी श्रेष्ठले ३ पटक जिब्रो छेडेर (मेंय् प्वाः खना) जात्रालाई जिवन्तता प्रदान गर्नु भयो । जिब्रो छेड्ने जात्राका क्रममा थुप्रै व्यक्तिहरुलाई भोज खुवाउनु पर्ने तथा जात्राको प्रबन्ध पनि आफै मिलाउन पर्ने भएकोले थुप्रै रकमको आवश्यकता पर्दछ । आफनो जिब्रो छेड्नु अनि जात्रा खर्च पनि आफै मिलाउन पर्ने जस्ता विविध समस्याले गर्दा विगत वि.सं २०६३ साल देखि संचालन हुन नसकेको जात्रा गत वर्ष वि. सं २०७४ सालबाट स्थानिय युवाहरु, संस्कृति प्रेमी अग्रजहरु तथा जननिर्वाचित प्रमुखहरु सक्रिय भइ जात्राको सम्पादन र व्यवस्थापन गर्न यया पुन्हिया मेंय् प्वाः खनेगु जात्रा व्यवस्थापन समिति गठन गरेर जात्रालाई व्यवस्थित गर्ने कममा मध्यपुर थिमि –४, बालकुमारी निवासी विरेन्द्र भक्त गजु श्रेष्ठले दुई पटक ( बि.सं.२०७४,२०७९ ) जिब्रो छेडेर लोपन्मुख जात्रालाई निरन्तरता दिनु भयो । यस वर्ष पनि २०८० साल असोज १२ गते येँया पुन्हि शुक्रबारका दिन मध्यपुर थिमि – ५, चोडे टोल निवासी श्री बालक राम नानी श्रेष्ठले द्रोस्रो पटक ( पहिलो पटक बि.सं. २०७५ ) जिब्रो छेड्ने साहसिक कार्य गरि मेंय् प्वाः खनिगु जात्रालाई पुनजागृत गर्ने साहसिक निर्णय लिनु भएको छ । त्यसका लागि उहाँलाई हार्दिक शुभकामना दिदै तपाई हामीले पनि यस महान तथा पुन्य कार्यमा साथ, सहयोग र सहकार्य गर्न गराउन हार्दिक अनुरोध गर्दछौं ।
यसरी प्रत्येक बर्ष भाद्र शुक्ल पुर्णिमाको राति करिब ८ः०० बजे मध्यपुर थिमिको दिगु टोल स्थित दिगुभैरब मन्दिर अगाडीको डबालीमा जिब्रो छेडाउने गरिन्छ। जिब्रो छेड्ने जात्राको लागि करिब एक महिना अगाडी देखी नै तयारी गर्नुपर्ने हुन्छ । जिब्रो छेड्ने नातु ( सुईरो) बनाउनका लागि करिब एक महिना अगाडी नातु बनाउने नकर्मीलाई खबर गर्ने जानु पर्दछ । नातु बनाउन खबर गर्न जादा पुजा लिएर नकर्मीको घरमा जान्छ। नकर्मीले नातु बनाईसकेपछि ३ हप्ताजति शुद्द तोरीको तेलमा नातुलाई डुबाएर राखेको हुन्छ । यस जात्रामा तीन तिर भएको नातु (सुईरो) बनाएको हुन्छ ।
जिब्रो छेड्ने आठ दिन अगाडी द्यः दुसालेगु भनि बालकुमारी मन्दिरमा एघार वटा किसली ( माटोको प्यालामा चामल सुपारी र सिक्का राखेको भाग ) तथा रातो भालेको वलि दिएर बालकुमारीको साधना गरिन्छ । जिब्रो छेडाउदा तत्कालिन राज्य संचालकहरुको सहभागिता समेत भएका देखिन्छ । जिब्रो छेड्ने जात्राको चारदिन अघि थिमिको लाय्कूका पःमा तत्कालिन राज्य संचालक ) हरुले अहिले पनि हनुमानढोका दरवारमा गएर राज खड्ग लिएर जात्रामा डबलीमा राखेको हुन्छ । इन्द्र जात्राको दिनमा बालकुमारीमा रातो भालेको बलि सहितको पूजा गरि भोज खाइन्छ । त्यसैको भालिपल्ट येंया पुन्हीको दिनमा दुता नं (जामा) लगाएर बालकुमारीमा पूजा गरिन्छ । यो दिन जिब्रो छेड्ने व्यक्ति मौन व्रत बस्नुपर्दछ । जिब्रो छेड्ने दिनमै बेलुकापख (साँझ) बालकुमारी देखि दिगुभैरवसम्मको स्थानमा बत्ति दिन गईन्छ । त्यहाँबाट आइसकेपछि दिगुभैरव मन्दिरमा गुरु (जामनः थरका व्यक्ति) को उपस्थितिमा भैरवको पूजा गरिन्छ । यो पूजा पश्चात जिब्रो छेड्ने व्यक्तिमा दैविक शक्ति प्राप्त हुने जनविश्वास रहेको छ । त्यहाँबाट जिब्रो छेड्नेलाई दुई जनाले समाई भैरव सामुन्ने मुख फर्काई उल्टो हिडाई डबलीमा पुयाईन्छ । सयौं जनमानस सामु जामनः गुरु, नायःपमा, नकर्मी नाईकेको उपस्थितिमा नकर्मीले बनाएको १० इन्च लामो सुईरोबाट कमी नायोले जिब्रो छेडाउने काम हुन्छ । त्यसपछि भ्ये (महादिप ) बोक्न लगाई उसको ईच्छा अनुसार नगरपरिक्रमा गराउने गर्दछ । यसरी जिब्रो छेड्ने व्यक्तिले नगरपरिक्रमा गर्दा “ताकुँ भ्येः ख्वामसिसें भ्वय् नय्” भन्दा सँगसँगै नगरपरिक्रमा गर्दछ । जिब्रो छेड्ने व्यक्तिको इच्छा अनुसार पहिला चाँगुनारायण तथा पशुपति सम्म पनि परिक्रमाका लागि गरेको पाईन्छ । इच्छाएको ठाँउमा परिक्रमा गरेपछि बालकुमारी मनिदरमा पुगी कमी नायोले सो सुइरो निकालिन्छ । सुईरो निकालिसकेपछि जिब्रोमा भएको प्वालमा नासः द्यः (नित्यनाथ) देवता परिसरको माटो राखिदिन्छ । मन्दिर परिसरमा ठोकेको सुईरोको प्रकृति हेर्दा ३५० वर्ष भन्दा पहिलादेखि नै जिब्रो छेड्ने जात्रा शुरु भएको र एकै वर्षमा १७ जना व्यक्तिले जिब्रो छेडेको दखिन्छ । बालकुमारी मन्दिर परिसरमा सुईरो निकालिसकेपछि घर गई मान्यजनबाट सगुन लिन्छ । त्यस पछि जात्रामा सहभागी व्यक्तिहरुलाई भोज खुवाइन्छ । भोज खाईसकेपछि पूर्णिमाको भोलिपल्टको बिहान नातु पूजा भनि जिब्रो छेडेको सुइरोलाई बालकुमारी मन्दिर भित्र ठोकिन्छ र द्यः लित तवनेगु भनि विसर्जन पुजा गर्न गरिन्छ ।
जिब्रो छेड्ने व्यक्ति मध्यपुर थिमिको श्रेष्ठ थरको नै हुनुपर्ने भएता पनि यां मता आकाशदीप) मानन्धरहरुले बोक्नु पर्ने हुन्छ । त्यस्तै नातु बनाउने नकर्मी थरका व्यक्ति, राजखड्ग लिन जाँदा खड्गीहरुले नाखि बाजा बजाउने र कुस्ले ( कपाली) ले मुहाली बजाउने परम्परा रहेकोमा यो जात्रा सम्पुर्ण थिमिबासीको सामुहिक सहभागितामा संचालन हुने जात्राको रुपमा लिईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!