काठमाडौं÷१८ असोज, २०८०ः
रत्न का्जि प्रजापति
ललितपुरका उद्योगी, व्यवसायीहरुलाई यतिवेला साधारणसभा र चुनावी चटारोले समातेको छ । ललितपुर उद्योग वाणिज्य संघको यहि असोज १९ र २० गते हुने ४४ औं साधारणसभा्मा अध्यक्षका लागि तीन जना चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । अघिल्लो चुनाबमा एउटै प्यानलबाट चुनाव जितेका संघका वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य र महासचिव रुपकमान महर्जन दुई फरक फरक प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । त्यसैगरी संघका पूर्व वरिष्ठ उपाध्यक्ष रवीन्द्रराज ताम्रकार पनि चुनाबी मैदानमा उत्रिएपछि चुनावी प्रतिस्पर्धा त्रिपक्षीय बनेको छ ।
वरिष्ठ उपाध्यक्ष विश्वराज बज्राचार्य, पूर्व वरिष्ठ उपाध्यक्ष रविन्द्रराज ताम्राकार र वर्तमान महासचिव रुपकमान महर्जन चुनावी प्रचारप्रसारमा ब्यस्त छन् । प्यानलसहित होमिएका बज्राचार्य र महर्जनसंग प्रतिस्पर्धा गर्न ताम्रकार एक्लै चुनावी दौडमा सामेल भएका छन् ।
हाल वरिष्ठ उपाध्यक्ष रहेका विश्वराज बज्राचार्य पहिले उपाध्यक्ष थिए । सडक बालवालिकाका लागि काम गर्ने साथसाथ नामक गैरसरकारी संस्थाको व्यस्तताले गर्दा बज्राचार्यले यसअघिको कुनै पनि कार्यकाल्मा संघमा पर्याप्त समय दिन नसकेको उनकै प्यानलमा रहेका अहिलेका पदाधिकारीहरुले गुनासो पोख्ने गरेका छन् । उद्यमी व्यवसायीमाझ खासै घुलमिल नभएका बज्राचार्यले अहिलेसम्म व्यवसायीको हकहीतका पक्षमा कहीकतै बोलेका छैनन् । ‘एक जागिरदारले व्यवसायीको संस्थामा अध्यक्षको उम्मेदवारी दिने कुरो नैतिक हिसाबले मिल्दैन ।’ आम उद्यमी व्यवसायीहरुमाझ यस्तै कुरो अहिले सर्वत्र उठिरहेको छ ।
आम उद्यमी व्यवसायीमाझ बज्राचार्य खासै घुलमिल नभएका र जातीय मत आकर्षित गर्न कसरत गरेपनि चिनजानको अभावमा त्यसले पनि काम गरिरहेको छैन । यसले गर्दा बज्राचार्य प्रति मतदाताहरु आकर्षित हुन सकिरहेका छैनन् । चिनेजानेकाले जागिरदारले कसरी संस्था चलाउ्ने भनेर सोध्ने गरेको भन्दै प्यानलमा रहेका अन्य पदाधिकारीहरु एक्ला एक्लै मतदाता रिझाउन व्यस्त देखिएका छन् । शुरुमा प्यानल चयन गर्दा नै हतास देखिएका बज्राचार्यको प्यानलमा व्यवसाय छाडेर अन्य पेशामा संलग्न रहेकाहरुको बाहुल्यता रहेको पाईन्छ ।
अर्का अध्यक्षका उम्मेदवार वर्तमान महासचिव रुपकमान महर्जन पनि विवादमुक्त उम्मेदवारका रुपमा भने देखिएका छैनन् । घरजग्गा सम्बन्धि कारोवार गर्ने रुपकमान महर्जनको व्यवसाय नै बन्द छ । संघको महासचिवको भूमिकामा रहंदा प्रभावकारी कार्यक्रमहरु सञ्चालन गर्न नसकेका महर्जन राजनीतिक दलको फेर समातेर संघको नेतृत्व हत्याउने दाउमा छन् । महर्जनले हालको कार्यकालमा अपेक्षाकृत कार्य, मेड इन ललितपुर ब्राण्डिंग र हस्तकला नगरी स्थापना कार्यमा अपेक्षित उपलब्धि ल्याउन नसकेको चर्चा छ । महर्जनले पनि जातिय लाभ लिन कसरत गरेपनि सकिरहेको देखिदैन ।
स्वतन्त्र उम्मेदवार ताम्राकार दुई संस्थाको अध्यक्ष बन्नुहुन्न भन्ने मान्यताका कारण दुई कार्यकाल पर्खिएर स्वतन्त्र उम्मेदवार बनेका हुन्। योग्यता, क्षमता र अनुभवका हिसाबले ताम्रकार उपयुक्त पात्र भएपनि स्वतन्त्र व्यक्तिले कसरी चुनाव जित्लान् भन्ने प्रश्नमा दुवै प्यानलबाट जो विजयी भएपनि सबैसंग मिलेर काम गर्ने उद्देश्यले प्यानल बनाउने परम्परालाई तोडेर उम्मेदवारी दिएको बताउनु भयो।
प्यानल सहित चुनाबी मैदानमा उत्रिएका बज्राचार्य र महर्जनसंग स्वतन्त्र उम्मेदवार बनेका ताम्राकारको प्रतिस्पर्धा कस्तो हुनेछ भनेर जान्न २० गतेको निर्वाचनको प्रतिक्षा गर्नुपर्ने हुन्छ ।…