मध्यपुर निकोसेरा दुवाकोट मोडमा दुर्घटना : पैदलयात्रीको मृत्यु, चालक प्रहरी नियन्त्रणमा

मध्यपुर थिमि, असोज १८,२०८०ः

मध्यपुर थिमि नगरपालिका वडा नं. ९ निकोसेरामा आज विहान दुवाकोट मोडबाट पुरानो ठिमीतर्फ जाँदै गरेको बागमती प्रदेश ०२–०४१प ३३१९ नं. को मोटरसाइकल र पुरानो थिमिबाट राधेराधेतर्फ आउदै गरेको बा. ५ च. २०४९ नं. को कार एक–आपसमा ठक्कर खाई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । कार अनियन्त्रीत हुँंदा बाटोमा हिडिरहेको पैदलयात्री धनुषा जनकपुर नगरपालिका वडा नं. ९ घर भई हाल भक्तपुरको मध्यपुर थिमि नगरपालिका वडा नं. ९ राधेराधे बस्ने बर्ष ५८ को योगराज बरालको मृत्यु भएको हो । ठक्कर दिई गम्भिर घाईते भएकोमा निजलाई उपचारको लागि भक्तपुर अस्पताल लगेकोमा उपचारकै क्रममा विहीबार मृत्य भएको प्रहरीले जनाएको छ ।

मोटरसाईकल चालक भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. २ दुवाकोट बस्ने बर्ष २० का मिलन कार्की समेत घाइते भएकोमा उपचारपछि डिस्चार्ज भएका छन् । घटनास्थलमा प्रहरी वृत्त थिमिबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई गई प्रारम्भिक अनुसन्धान कार्य गरी दुर्घटना भएका सवारी साधन मोटर साईकल चालक मिलन कार्की र कार चालक भक्तपुर मध्यपुर थिमि नगरपालिका वडा नं. ६ बस्ने बर्ष २९ को अनुज प्रजापती समेतलाई प्रहरी वृत्त थिमिको नियन्त्रणमा राखिएको छ ।

घटनाको सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको परिसरका सूचना अधिकृत बसन्त पाठकले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!