भक्तपुरका भेटेरिनरी डाक्टर प्रजापति भुकम्प प्रभाबित क्षेत्रमा

काठमांडौ, कार्तिक १९, २०८०ः

भक्तपुर जिल्लाका भेटेरिनरी डाक्टर डा. राकेश प्रजापति भुकम्प प्रभाबित क्षेत्रमा खटिनु भएको छ।

संघीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भूकम्पबाट प्रभावित क्षेत्रमा पशुपन्छीको उपचारको लागि डा राकेश प्रजापति र डा. लक्ष्मीनारायण दासको नेतृत्वमा विशेषज्ञ टोली खटाएको छ । मन्त्रालयले पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, सुर्खेतबाट डा. राकेश प्रजापतिको नेतृत्वमा शम्शेर जिसीको टोली र डा. लक्ष्मीनारायण दासको नेतृत्वमा देवीराम कँडेल सहितको टोली भुकम्प प्रभाबित क्षेत्रमा पशुपन्छीको उपचारको लागी खटाएको हो।

“उक्त टोली स्थानीय र प्रदेश सरकार मातहतका पशु स्वास्थ्यकर्मी्हरु समेत परिचालन गरी सरोकारवालाहरु संग समन्वय गरी पशुपन्छीको उपचारमा लाग्नेछ।” डा. प्रजापतिले बताउनु भयो।

शुक्रबार राति गएको भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो जनधनको क्षति भएको छ । भूकम्पबाट पशुपन्छीसमेत प्रभावित भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्री डा. बेदुराम भुसालको निर्देशन पश्चात प्रभावित क्षेत्रमा विशेषज्ञ टोली पठाएको हो।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!