जाजरकोटमा आइतबार पनि दुई भूकम्प

काठमाडौँ, कात्तिक १९, २०८०

जाजरकोटमा आज पनि दुई पल्ट भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दिउँसो १:२२ बजे चार रेक्टर स्केलको भूकम्प गएको हो । त्यसको एक घण्टापछि नै २:२४ बजे ४.१ रेक्टर स्केलको भूकम्प मापन भएको केन्द्रले जनाएको छ ।

जाजरकोटमा गत शुक्रबार राति ११:४७ बजे गएको ६.४ रेक्टर स्केलको भूकम्पपछि अहिलेसम्म चार रेक्टरमाथिका सातवटा भूकम्पका धक्का मापन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!