“पशुपन्क्षी औषधि ब्यबसायीहरुलाई संघको महत्व र मर्मलाई आत्मसाथ गर्न अनुरोध गर्दछु।” केन्द्रिय अध्यक्ष पुर्ण चन्द्र सापकोटा

काठमाडौं, मंसिर २५, २०८०ः

नेपाल पशुपन्क्षी औषधि ब्यबसायी संघको २०७८ सालमा भैरहवामा सम्पन्न १३ औ केन्द्रिय महाधिवेशनमा निकै लोकप्रिय मत ल्याएर केन्द्रिय अध्यक्ष पदमा निर्वाचित हुनु भएका पुर्ण चन्द्र सापकोटाको दुई बर्षे कार्यकाल सकिने संघारमा छ ।चितवनको नारायणी भेट फर्माका संचालक समेत रहेका सापकोटा निकै सफल ब्यबसायी एब समाजसेबी पनि हुनु हुन्छ।

निर्भिक, निडर, स्पष्ट बक्ता एब आफ्नो कुरा निर्धक्क राख्न सक्ने खुबीका कारण ब्यबसायी माझ निकै लोकप्रिय बनेका सापकोटाले आफ्नो कार्यकालमा के कस्ता कामहरु सम्पन्न गरे त? के उनले आफ्ना चुनाबी प्रतिबद्दता अनुसार काम गर्न सफल भए त? यिनै कुराहरुको सेरोफेरोमा रहेर उहासंग नौलोआयाम डटकममा सम्पादक रत्न काजि प्रजापतिले कुराकानी गर्नु भएको छ। प्रस्तुत छ, सोहि कुराकानीको सार संक्षेपः

प्रश्न ः निकै लोकप्रिय मतका साथ तपाईले चुनाब जित्नु भयो। समग्रमा तपाईको कार्यकाल कस्तो रह्यो?

उत्तर ः १३ औ महाधिवेशनबाट निर्बाचित भएर आउदा देखि आजका दिनसम्मको कार्यकाल राम्रो र सहज रह्यो।

प्रश्न ः तपाइले निर्वाचनको बेलामा ब्यक्त गरेका प्रतिबद्दताहरु के कति पूरा भए?

उत्तर ः मैले उठाएका मुद्दाहरूमा सबै तह र तप्काका व्यावसायीहरुको हित हुने गरी करिब करिब रोकिएको तालिमलाई सबै प्रदेशमा दिन सफल भए भने गण्डकी र मधेश प्रदेशमा केही प्राबिधिक त्रुटि्का कारण तालिम हुन सकेन। तर आगामी बर्ष देखि सबै प्रदेशमा पुनः तालिम सुचारु गर्ने गरि सम्बन्धित बिभाग संग अनुरोध का साथ माग राखी गर्ने प्रतिबद्धता भएको छ ।

प्रश्न ः तर समस्याहरु त ज्यु का त्यु छ भन्छन नि त? जस्तै पसल दर्ता, ब्यबसायी तालिम, तहगत व्यापार अनि बैकल्पिक ब्यबसायीको ब्यबस्था आदि। यस्मा तपाईको के भनाई छ ?

उत्तर ः तहगत ब्यबसायका बारेमा ब्यबसायीहरुले नै अझै परिस्कृत भएर लैजानु पर्ने देखि्न्छ। तर ब्याबसायिक इमानदारीता देखाउन आयात, थोक र खुद्रा ब्यबसायी सबैले सहयोग गर्नुपर्छ । संघ एक्लैले मात्र गर्न सक्दैन। बैकल्पिक ब्यबसायीको हकमा ब्यबस्था गर्दा कुनै कालगती या शारीरिक अस्वस्थताका कारण देखाई एकाघरका परिवार भित्र बान्छनिय योग्यता पुगेका परिवारका सदस्यलाई तालिम दिएर ब्यबसायी बनाउने काम भएको छ । यसपालिको तलिममा पनि करिब ९ जना ्ब्यबसायीका पारिबारिक सदस्यलाई तालिम दिएका छौ ।

प्रश्न ः तपाईं अध्यक्ष हुनु पुर्ब र तपाई भै सके पछि संघमा सांगठनिक रुपमा के परिवर्तन गर्नु भयो?

उत्तर ः हाम्रो मुख्य उद्देश्य भनेको संघको गरिमामा आचं आउन नदिनु, ब्यबसायमा भएका समस्याको समाधान गर्नु र अन्य संघ सस्थाहरु संग संघको सहकार्यलाई निरन्तरता दिनुका साथै ब्यबसाय प्रबर्द्धनको लागि महत्वपुर्ण भुमिका निभाउनु नै हो। आफुले अध्यक्षता गर्दै गर्दाको कार्यकालमा धेरै राम्रा कामहरु सम्पन्न गर्ने सकेको छु, जसका लागि पुर्ब अध्यक्षहरु, सल्लाहकारहरु र कार्यसमितीका पदाधिकारीहरु र सदस्यहरुको सहयोग र सद्भाव रहेको हुनाले राम्रो काम गर्न सकिएको छ ।

प्रश्न ः अबको कार्यसमिती कस्तो होस भन्ने चाहनु हुन्छ?

जवाफ ः अब बन्ने कार्यसमितिमा संघलाई समय दिन सक्ने र संघको उद्देश्य अनुसार काम गर्न सक्ने साथै संघका लागि समय र निरन्तरता दिन सक्ने ब्यक्ति निर्वाचित हुने कुरामा पुर्ण बिश्वास लिएको छु।

प्रश्न ः अन्तमा ब्यबसायी मित्रहरुलाई के भन्न चाहनु हुन्छ ?

उत्तर ः म अझै पनि निबर्तमान भएर काम गर्दै गर्दा संघलाई सक्दो सहयोग गर्ने प्रतिबद्धताका साथ लाग्ने कुराको प्रतिज्ञा गर्दै सम्पुर्ण ब्यबसायीहरुलाई संघको महत्व र मर्मलाई आत्मसाथ गर्न अनुरोध गर्दछु।
साथै यस अधिबेशनमा उम्मेदवार हुने ब्यबसायी मित्रहरुलाई नामका लागि मात्र उम्मेदवार नभई समय दिन सक्ने र काम गर्ने साथीहरुलाई चुन्न अनुरोध गर्दै संघका लागि समय र निरन्तरता दिन सक्ने ब्यक्ति निर्वाचित हुने कुरामा पुर्ण बिश्वास लिएको छु । साथै एक छिनको रमाइलोको लागि उम्मेदवारी नदिन पनि अनुरोध गर्दछु।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!