नेपाल पशुपन्छी औषधी व्यवसायी संघ त्रिशुली शाखाको अध्यक्षमा रामचन्द्र नेपाल

त्रिशुली, मंसिर ३०, २०८०ः

नेपाल पशुपन्छी औषधी व्यवासायी संघ त्रिशुली शाखाको अध्यक्षमा रामचन्द्र नेपाल निर्वा्चित हुनु भएको छ। त्रिशुली शाखाको आज सम्पन्न भएको छै्ठौ अधिबेशनले नेपालको नेतृत्वमा नया कार्यसमिति निर्वाचित गरेको हो।

नबनिर्वाचित शाखा कार्यसमितिको उपाध्यक्षमा हरि प्रसाद अधिकारी, सचिबमा गोबिन्द प्रसाद नेपाल, सहसचिबमा रबिन्द्र अर्याल र कोषाध्यक्षमा राम कुमार ढकाल निर्वाचित हुनु भएको छ।

त्यसैगरी सदस्यहरुमा युबक कुमार ढ़काल, शाही बाबा अर्याल, दिपक प्याकुरेल, उमेश श्रेष्ठ र सुजन शाही निर्वाचित हुनु भएको छ। मनोनित सदस्यमा सबिना तामाङ चुनिएकी छिन।

जिल्लाका बरिष्ठ ब्यबसयीहरु नारायण प्रसाद खनाल, पुरुषोतम पौडेल, ईश्वर बहादुर राई, देब बहादुर राई, दिल बहादुर थापा, राजेन्द्र तिवारी, नबराज तिमिल्सिना र ध्रुब मिश्र सम्मिलित सल्लाहकार समिति पनि गठन गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!