बुटवल, पुष १३, २०८०ः
नेपाल पशुपन्छी औषधि ब्यवसायी संघ लुम्बिनी शाखाको अध्यक्षमा पिताम्वर खरेल निर्वाचित भएको छ।
संघको आज सम्पन्न भएको १८औं बार्षिक साधारणसभा तथा १०औं अधिवेशनबाट खरेल सर्वसम्मत रुपमा अध्यक्षमा निर्बाचित भएका हुन।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा धन बहादुर खड्का, शशिधर सापकोटा र चिरन्जिवि बेल्बासे निर्वाचित भएका छन। त्यसैगरी सचिवमा रेनुका सापकोटा, सहसचिबमा महेन्द्र गौतम र कोषाध्यक्षमा मिना चालिसे निर्वाचित भएका छन।
कार्यसमितिका सदस्यहरुमा संजय चौधरि, कमल भण्डारि, प्रकाश चन्द्र बन्जाडे र खिमलाल ढकाल निर्बिरोध निर्वाचित भएका छन।
