फाखेल-फर्पिङ सडकमा चैत मसान्तसम्मको लागि आवागमन बन्द

हेटौँडा, पुस १८ गते।

हेटौँडा-काठमाडौँ जोड्ने छोटो दुरीका दुवै मार्गमा सवारी आवागमन बन्द भएको छ। कुलेखानी-महालक्ष्मीखोला-चखेल-देउराली-मातातीर्थ-सतुङ्गल सडक र कुलेखानी-फाखेल-फर्पिङ सडक स्तरोन्नतिका क्रममा सवारी साधनको आवागमन बन्द गरिएको हो। कुलेखानी-फाखेल-फर्पिङ सडक स्तरोन्नतिका लागि आगामी चैतसम्म बन्द गरिने भएको छ।

दुवै सडकको मकवानपुर र काठमाडौँतर्फ सडक स्तरोन्नति काम भइरहेकोले बन्द गरिएको सम्बन्धित स्थानीय तहले जनाएका छन्। कुलेखानी-फाखेल-फर्पिङ सडक स्तरोन्नतिका क्रममा सोमबारबाट यातायातका साधनको आवागमन बन्द गरिएको हो।

काठमाडौँको दक्षिणकाली नगरपालिकाले काठमाडौँतर्फ हुमानेभञ्ज्याङ-टल्कु-फर्पिङ सडक खण्डमा कालोपत्रे गर्ने तयारी भएको भन्दै आगामी चैत माघ मसान्तसम्म वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।

नगरपालिकाले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई सवारी चापका कारण निर्माण कार्य गर्न कठिनाइ हुने भन्दै चैत मसान्तसम्म वैकल्पिक मार्गमा डाइभर्सन गराई अर्थात् आवतजावतमा रोक लगाइदिन भनेको छ।

यस्तै मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाले कुलेखानी-फाखेल-फर्पिङ सडक खण्ड काम भइरहेकोले सोमबारबाट आगामी फागुन १५ गतेसम्म सो सडकबाट चल्ने सम्पूर्ण सवारीका साधनहरू पूर्ण रूपमा बन्द गरिएको जनाएको छ।

उता कुलेखानी-महालक्ष्मीखोला-चखेल-देउराली-मातातीर्थ-सतुङ्गल सडक गत मङ्सिर २१ गतेबाट एक महिना सवारी आवागमन बन्द गरिएको छ।

Source : gorakhapatra

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!