गाउँपालिकाले अनुदान दिन थालेपछि रैथाने बाली उत्पादनमा वृद्धिः झण्डै १३ मेट्रिक टन रैथाने बाली सङ्कलन

हेटौँडा, पुस १९ गते।

मकवानपुरको मकवानपुरगढी गाउँपालिकाका कृषकबाट उत्पादित झण्डै १३ मेट्रिक टन रैथाने बाली सहकारी संस्था मार्फत बिक्री गरिरहेको छ। रैथाने बाली कोदो, फापर र जुनेलो उत्पादनमा गाउँपालिकाले अनुदान दिन थालेपछि उत्पादनसमेत वृद्धि भएको छ।

मकवानपुरगढी गाउँपालिका वडा न.४ कालीखोला क्षेत्रमा उत्पादित करिब सात मेट्रिक टन कोदो सङ्कलन गरी बिक्री भइरहेको गाउँपालिका कार्यालयले जनाएको छ। स्थानीय सहकारी संस्थाले कालीखोला ब्राण्डमा कोदोको पिठो उच्पादन गरी बजारमा बिक्री गर्दै आएको छ।

यस्तै मकवानपुगढी गाउँपालिका ८ बुढीचौरमा पाँच मेट्रिक टनभन्दा बढी फापर सङ्कलन गरिएको छ। यसक्षेत्रमा मिठे फापर र तिते फापर उत्पादन हुँदै आएको छ।

मकवानपुरगढी गाउँपालिका १ रानीसेरा र आसपासका क्षेत्रमा उत्पादित जुनेलो आठ सय केजी सङ्कलन भएको गाउँपालिकाका कृषि शाखाका प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिनुभयो ।

घट्टमा पिसेको कालीखोला कोदो पिठो, बुढीचौरमा उत्पादित फापरको पिठो र रानीसेरामा उत्पादित जुनेलो अपाङ्ग तथा विपन्न सहकारी संस्थाबाट बिक्री हुँदै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!