पशुपन्छी औषधीको लागि मेरो देश सुहाउदो कानुन भईदिए : केशव शर्मा मरासिनी

ऐतिहासिक कालखण्ड देखी नै नेपाल एक कृषि प्रधान देश थियो र आज सम्म पनि नेपालका बहुसंख्यक जनता कृषि र
पशुपन्छी पालनमा निर्भर रहेको तथ्य हामी माझ ताजै छ । ईतिहासका कालखण्डलाई नियालेर हेर्ने हो भने राणाकालमा
पनि यस क्षेत्रलाई अत्यन्तै महत्वका रुपमा हेरेको पाईन्छ । कृषि भन्ने वित्तिकै पशुपन्छी पालन यस क्षेत्रको महत्वपूणर् क्षेत्र र
यस संग सम्वन्ध राख्ने पोल्ट्री व्यवसायी, पशुपन्छी औषधि व्यवसायी, उद्यमी, प्रविधिक, पशुचिकित्सक, दाना उद्योगी
लगायतका कैयन क्षेत्रहरुको मुख्य संगालोले बृद्ध कृषि भन्ने बुझिन्छ । वि.सं. १९९७ साल देखि विशेष रुपमा पशुपन्छीमा
लाग्ने रोगहरु र तिनका निदानका लागी अस्पतालहरुको निर्माण सुरु भई व्यवसायीक पशुपालनको अभ्यासको आरम्भ भएको
पाईन्छ । विभिन्न कालखण्डहरु पार गर्दै यस क्षेत्रले हालसम्मको अवस्थामा आईपुग्दा पेशागत विशिष्टिकरणहरु हासील गर्दै
राज्यका हरेक जिल्लाहरुमा पशु विज्ञ केन्द्रहरु प्राय महानगरपाििलका, नगरपालिका, गाँउपालिका र वडा तहसम्म पशुपन्छी
शाखाहरुको विस्तार गर्दै पशुपन्छी चिकित्सक उत्पादन गर्ने विश्वविद्यालयहरु, प्राविधिक शिक्षालय र केही ठाँउमा विद्यालय
सम्म पशुपन्छीका प्राविधिकहरुका लागी पाठ्यक्रमका तालिम र सिप विकास हुदै आएको छ । आज करिव करिव पन्छिका
लागी देश भित्रै ६० वटा आधुनिक पेलेट दाना, पशुवस्तुका लागी करिव ५ देखी ७ दाना उद्योग, २५ देखी ३० धुलो दाना
उद्योग, ६० देखी ७० को हाराहारीमा ह्याचरी उद्योगहरु कुखुरा पालनका लागी आधुनिक Close House हरुको विकाश
हुदै मुलुक कुखुराको अण्डा र केहि जिल्लाहरु दुधका लागी आत्मनिर्भर भैईसकेका छन्।

यो क्षेत्रलाई दिगो बनाउन २० वटा पशुपन्छी औषधि फिड सप्लिमेन्ट उद्योगहरु स्थापना भएका छन्। यस क्षेत्रमा प्रयोग हुने
करिव १० अर्वको औषधि, भ्याक्सिन तथा फिड सप्लिमेन्टसको उत्पादन देशभित्र करिव २० प्रतिसत मात्रै रहेको र बाँकी
छिमेकी मुलुकहरुबाट आयात गर्नु परिरहेको छ जसमा १२८ पैठारी फर्महरुले परिपूर्ती गर्दै प्रत्यक्ष रुपमा ३००० र अप्रक्ष
रुपमा १०००० मानिसहरुलाई रोजगारीको अवसर प्रदान गरिरहेका छन्। राज्यले सेवा पुर्‍याउन नसकेका ठाँउ देखी सुगम
जिल्लाहरु लगायत देशै भरी करिव ४००० पशुपन्छी औषधि व्यवसायीहरुले विगत लामो समयदेखी सेवा पुर्‍याउदै आईरहेका
छन्।

बदलिदो विश्व परिवेश नविन पशुपन्छी पालन उपचार र तालिमहरुबाट हाम्रा व्यवसायी, उद्योमी र किसानहरुलाई समय
समयमा क्षमता अभिवृद्धीका तालिमहरु दिलाउन सकेको खण्डमा यो क्षेत्रले उल्लेखनिय फड्को मार्ने कुरामा कसैको दुईमत
नहोला ।

यति विशाल सम्भावना र राज्यलाई करिव करिव ९ % GDP मा योगदान पूर्‍याउदै आएको यो क्षेत्र आजपनी स्पस्ट
ऐनको अभावमा रुमली रहेको छ । राज्यबाट निर्माण गरिएको औषधि ऐन २०३५ र त्यसको संविधान २०५३ मा समेत
पशुपन्छी औषधि, चिकित्साका लागी स्पष्ट कानुन र फिड सप्लिमेन्टसका लागी समेत स्पस्ट कानुनको व्यस्था नहुनु र
पशुपन्छी का तालिम क्षेत्र र यसको सम्पूणर् विषय पशुपन्छी विकाश मन्त्रालयबाट हेरिनु तर औषधिका उत्पादन, आयात र
दर्ताका सवालमा लामो र झन्झटिलो प्रकृयाका कारण जिवनरक्षक अत्यावस्यक आपतकालिन औषधिको अभावमा बर्षेनी
ठुलो संख्यामा पशु र पन्छीहरुको उपचारमा प्रयोग गरिने औषधि नहुँदा किसानहरु मारमा परिरहेको यथार्थ सर्वविदितै छ ।
हाम्रो देश नेपाल यशियाकै सदस्य राष्ट्र र यशियाका सफल राष्ट्रहरुमा उत्पादित गुणस्तरिय औषधिहरुको दर्ता प्रकृया
झञ्झटिलो र युरोप तेश्रो मुलुकका औषधिहरुलाई मात्रे प्रथमिकतामा राख्नालृ आज किसानहरु महङ्गा औषधिहरु खरिद गरी
प्रयोग गर्नु परिरहेको छ जसबाट उत्पादन, लागत बढ्न जाने र उत्पादित पदार्थले एथोचित मुल्य नपाउँदा पशुपन्छी पालनको
क्षेत्रको जोखिम बढ्दै गईरहेको छ ।

देशै भरीका छरिएर रहेका पशुपन्छी औषधि व्यवसायीहरुलाई समेटेर वि.सं.२०७४ साल पौष २४ गते काठमाडौ जिल्ला
प्रसासन कार्यालया दर्ता भई हाल संचालित भईरहेको हाम्रो नेपाल पशुपन्छी औषधि व्यवसायी संघको यस क्षेत्रलाई अभैm
व्यवस्थित गुणस्तरिय औषधिहरु सुपथ मुल्यमा किसान माझ पूर्‍याउन पटक पटक अभ्यास गर्दै पशु सेवा विभाग संग सहकार्य
गर्दै औषधि व्यवस्था विभागमा जिवन रक्षक औषधिहरुको सहज दर्ता प्रकृयाका लागी लिष्ट सहित अनुरोध गरिरहेका छौ ।
आशा छ भोलिका दिनमा यस क्षेत्रलाई आवश्यक मापदण्ड पुरा गरी उत्पादन गरिएका आवश्यक असरदार र गुणवान
औषधिहरु छिमेकी राष्ट्र वा अन्य मुलुकहरुबाट सहज रुपमा आयातका लागी ढोका खुलागरी उचित मुल्यमा किसान सामु
पुर्‍याउन औषधिको दर्ता र नविकरण गर्ने झञ्झटिलो प्रकृयाको पुर्व मुल्यांङ्गनमा जोड हुनेछ । आम सबैलाई थाहा छ आज
हरेक क्षेत्रमा परिवर्तन र हरेक क्षेत्रमा सच्चाएर जान पर्ने पुर्नमुल्याङ्गकन र पुर्नयोजना बनाएर हिड्नुपर्ने अवस्थाको सृजना
भएको छ । हामीले हामी जन्मनु भन्दा पनि अघि देखीको र हाम्रा नातिहरुको पालामा त्यो प्रकृया मात्र अनुसन्धान थियो त्यो
हैन रैछ ……. मात्र थियो भन्ने …….. र त्यस्ता नियम र कानुन विच हाम्रो आजको समाज र निति नियमहरु पालामा गर्दै
अघि बढिरहेको सन्दर्भ देखीन्छ । केही मुठ्ठीका मानिसमा समाजका सदस्यहरुको मनोमानिले गर्दा आज हाम्रो कृषि प्रधा न देश
केवल शव्दावली र नाराहरुमा मात्र सिमित हुन पुगिरहेको छ एकातर्फ हाम्रो मौलिकता हाम्रो क्षमता र आवस्यकता अर्को
तर्फ विश्व बजार या रसायन र भाईरसबाट उत्पादन रोग र त्रासबाट आज हाम्रो पसशपन्छी पालन यस संग प्रत्यक्ष वा
परोक्ष सम्वन्ध राख्ने कृषक उद्यागी यस क्षेत्रमा अनवरत लागिरहेको पशुपन्छी औषधि व्यवसायी, प्राविधिक चिकित्सक सबै
निरन्तर मारमा परिहरेको तितो सत्य कसले बुझ्ने हो थाहै भएन ।

मेरो देश आज दुर्गममा एक भर्खर सुत्केरी भएका नव विवाहित आमा बन्न खोज्दा हस्पिटल सम्म जान यातायत खर्चm नभई
असुरक्षीत सुत्केरी गराउन बाध्य भएको ठाँउ जहाँ आज सम्म एउटा आधार स्वास्थ्य चौकी र सुविधा सम्पन्न अस्पताल
नभएको ठाँउ परिवेशमा राजधानी लानु पर्ने विवशताले भरिएको ठाँउमा युरोप र पश्चिमेली मापदण्ड लगाईन्छ र मानिस
बाच्नु पूर्वनै मर्छ । यस्तै हाम्रो पशुपन्छी क्षेत्रको अवस्था त झन कहाँ होला एक कहाली लाग्दो अवस्था छ । आज जिवन
रक्षक औषधिको अभावमा छ । आज जिवन रक्षक औषधिको अभावमा पशुपन्छी मरिरहेको बेदना कसले बुझ्ला । एउटा
किसान जो उसका अगाडी सबै आशाका बोटोहरु नखुल्दै वा सबैतिरबाट आशा मरेपछी पनि यो पेशा व्यवसायमा लाग्न बाध्य
छ । उसको जिवन भरको कमाईले खरिद गरेको एउटा गाई, भैसी, भेडा, बाख्रा वा अन्तिम आशाका रुपमा पालेको कुखुरा
जव औषधिको अभावमा उसका आँखा अगाडि प्राण त्याग गर्दछ त्यो भन्दा बेदनात्मक अवस्था के हुन सक्छ ।
अर्को तर्फ राज्यले व्यवसायी मैत्री र तथ्याङ्कहरुको पनि संकलन र डिजिटलाईजेशनको उपयोग गर्दै ल्ल्क्ध् नामक इलष्लिभ
प्रणालीको विकास गरेको छ त्यसबाट केही प्रयासहरु सहज नभएको भने होईन तर इलष्लिभ प्रकृयामा हुनुपर्ने सुविधा जस्तै
निवेदन दिएकै बखत सिफारिस गरिदिने व्यवस्था, सिफारिस गरिएका प्रोडक्टहरुको दर्ता प्रमाणपत्र ब्गतय न्भलभचबतभ हुने
व्यवस्था, एक पटक दर्ता भएका कम्पनी वा प्रोडक्टहरुको नविकरण गर्दा सिमित म्यअगmभलतबतष्यल आदि कुराहरुलाई
पनि सहज बनाउन आवस्यक छ ।

देशै भरिको स्वास्थ्य, अस्पताल औषधि भ्याक्सिन लगायत सबै कुराको जिम्मा लिएका औषधि व्यवस्था विभागमा
पशुपन्छीको लागी कानुनी व्यवस्था मात्र पसल दर्ता र शुन्य सरह प्रतिसतको मात्र व्यवस्था गरिएको छ । न यो राज्यले
पशुपन्छीलाई चिन्यो न त कृषिलाई, कृषि भन्ने वितिकै यसको पूणर् अर्थ पशुपन्छी नै हो भन्ने भुल कसले र किन गर्‍यो । खै
त सरकार यस क्षेत्रमा अनवरत खटिएका पशु चिकित्सक, प्राविधिक, पशुपन्छी औषधि व्यवसायी जो यो राज्यका असल र
ईमान्दार उन्नतीका एक रानोफुल हुन यिनलाई उनेर माला बनाएको । आज विभिन्न समयमा विभिन्न भाईरल रोग जस्ता
रोगले आज बंगुर पालन गाई पालन र दुधको उत्पादन र आत्मनिर्भरता मारेर गएको के हिसाव गरेको छौ । एउटा किसान
भाले नवास्दै चिसो नभनी सुकसुक गदै गोठको गाईको दुध दोहेर आफना लाला बाला पढाँउछ । घर चलाँउछ के तिनको
मुहार अब फेरिन पर्दैन ? महिना भरी दुध बेचेर अस्पताल जाँदा उपचार गर्न नसकी रोग बोकेर भर फर्कन बाध्य हुनु पर्छ ।
यही हो राज्य एउटा उद्योगले वा एउटा व्यवसायीले एउटा एन्टिवायोटीकक्स ल्यायो भने अर्कोलाई दिन नहुने कस्तो कानुन हो
जसले जती तोक्यो उति पैसा तिर्न किन विवश बनाउँछौ खुला गर विवेक हुने र ज्ञान हुने धेरै व्यवसायीलाई विश्व बजार
गुणस्तरीय औषधी सर्वसुलभ रुपमा ल्याउन दिदाँ के तिम्रो घरको चुलाmे निभ्छ ? न्याको सिद्धान्तमा अघि हामी यही
एशियाका सदस्य हौ यो भगवान शिवको तपस्याले बुद्धकोजन्मस्थल यहाँ नभएका जडिबुटी र औषधि पछी विकास भएका
सभ्यता भन्दा असर घर र गुणवक्ता होलान त्यसैले पशुपालनमा …. आवस्यक लिस्ट र पशुपन्छी पालनमा आवस्यक लिस्ट
जो पशु चिकित्सकबाट बारम्बार पठाईएको छ ति औषधिहरुलाई एशियाली र मध्यपूर्विय देशबाट पनि ल्यउने कानुनको
विकाशमा अव कुनै बाधा र परिधी नवनोस हैन भने दुध, अण्डा र मासु पनि विदेशी रंगिन प्याकमा यो देशका छ । चाहे
देश रहोस किसान मरोस या बाचोस भोलिका सन्ततीका सराप नपरोसस ।

जय देश । जय पशुधन ॥

लेखक नेपाल पशुपंक्षी औषधी ब्यबसायी संघका केन्द्रिय सदस्य हुनु हुन्छ। 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!