भरतपुर, चितवन, पुष २३, २०८०ः
नेपाल पशुपंछी औषधी ब्यवसायी संघका केन्द्रिय कार्यसमितिका कोषाध्यक्ष सुना सुबेदी बडालले संघको चितवनमा हुन गैरहेको आसन्न १४ औ राष्ट्रिय महाधिवेशनमा उपाध्यक्ष (आयात) पदमा आफ्नो उम्मेदबारी दिनु भएको छ। यहि पुष २४ र २५ गते हुने नेपाल पशुपंछी औषधी ब्यवसायी संघ केन्द्रिय कार्यसमितिको १४ औं राष्ट्रीय महाधिबेशनमा उपाध्यक्ष (आयात) पदमा उम्मेदवारी दिनु भएका सुना सुबेदी बडाल नेपालकै अग्रणी भेटेरीनरी संस्था कान्तिपुर भेट डिस्ट्रिब्युटर्सका निर्देशक हुनु हुन्छ।
संघको केन्द्रिय कार्यसमितिमा रहेर काम गर्दाका अनुभब र आफ्नो कार्य कुशलताको प्रयोग गर्दै संघलाई थप गतिशिल बनाउदै ब्यबसायिक हकहितको संरक्षणमा लागि पर्ने बताउदै बडालले आफुले संघको समस्याहरुलाई राम्रो संग बुझेको नौलोआयामलाई बताउनु भयो।
प्रस्तुत छ, संघको आसन्न महाधिबेशन र बडालको उम्मेदवारीको सेरोफेरोमा रहेर नौलोआयाम डटकम संग गरेको कुराकानीको सार संक्षेपः
प्रश्नः तपाइको परिचय ?
जवाफ ः म सुना सुबेदी बडाल, कान्तिपुर भेट डिस्ट्रिब्युटर्स प्रा लि र केभिडि ग्रुपको अध्यक्ष हु। म बिगत २४ बर्ष देखि यो कम्पनिमा आबद्द छु।
प्रश्नः यो क्षेत्रमा तपाईं कसरी प्रबेश गर्नु भयो र यसमा तपाईको सम्लग्नता कहिले देखि भएको हो?
जवाफ ः ऋषि (मेरो श्रीमान) जी पहिला देखि नै यो ब्यबसायमा संलग्न हुनु हुन्थ्यो। पहिला उहा साझेदारी ब्यबसायमा हुनुहुन्थ्यो। उहा साझेदारीबाट छुटे पछी कान्तिपुर भेट खुल्यो र जुन दिन (२४ बर्ष अघि) देखि कान्तिपुर भेट खुल्यो, त्यहि दिन देखि म यो ब्यबसायमा संलग्न भएको हु।
प्रश्न ः तपाईं संलग्न कान्तिपुर भेटको बर्तमान अबस्था कस्तो छ ?
जवाफ ः कान्तिपुर भेटको बर्तमान अबस्था कस्तो छ भन्ने कुरा मैले भनि रहनु नपर्ला, यहाहरु सबैलाई थाहा नै छ।
प्रश्न ः कान्तिपुर भेटको अहिलेको यो अबस्थामा आउनुमा तपाइको योगदान कतिको रह्यो?
जवाफ ; कान्तिपुर भेट अहिलेको यो अबस्थामा आउनुमा मेरो योगदान कतिको छ भने कुरा सबैले महशुस गर्नु भएकै होला। हिजो हामिले खुद्राबाट ब्यबसाय शुरु गरेका थियौ। खुद्रा, थोक र आयात हुदै हामि अहिले यो अबस्थामा आई पुगेका छौ। यहा सम्म आई पुग्न हाम्रो कान्तिपुर भेटको सम्पुर्ण टिम, म लागायत सम्पुर्ण कान्तिपुर ग्रुपका सदस्यहरुको उतिकै महय्वपुर्ण योगदान रहेको छ
प्रश्नः नेपाल पशुपन्क्षी औषधि ब्यबसायी संघमा तपाइको सहभागिता अनि कहिले देखि कुन कुन पदमा रहेर काम गर्नु भयो?
जवाफः नेपाल पशुपन्क्षी औषधि ब्यबसायी संघमा म बागमति शाखाको सदस्य, केन्द्रिय कार्यसमितिको सदस्य र कोषाध्यक्षको रुपमा काम गरिसकेको छु। केन्द्रिय कोषाध्यक्ष हुदा मैले टिम बनाएर काम गरेको थिए। जुन कुरा कार्यसमितिका सम्पुर्ण पदाधिकारी, सदस्य लगायत सम्पुर्णलाई थाहा भएकै कुरा हो।
प्रश्नः संघको आसन्न अधिबेशनमा तपाइको उम्मेदवारी किन र के को लागि?
जबाफः आसन्न महाधिबेशनमा मेरो उम्मेदवारी उपाध्यक्ष (आयात) पदमा रहने छ। मेरो यो उ्म्मेदवारी भनेको सम्पुर्ण ब्यबसायीहरुको हकहितको संरक्षणको लागि हुनेछ। मैले तिनै तह खुद्रा, थोक र आयात तर्फको ब्यापार गरिसकेको भएकोले ब्यबसायीहरुका समस्या के हो भन्ने कुरा मलाई राम्रै सित थाहा छ। ब्यबसायी र ब्यबसाय भित्रका समस्या समाधान गर्नको लागि टिम बनाएर काम गर्नेछु। मेरो उम्मेदवारीले एउटा महिला नेतृत्व पनि कसरि सबल रुपमा अगाडि बदन सकिदो रहेछ भन्ने पनि देखाउने छ।
प्रश्नः तपाईंको एजेन्डा हरु के के छन?
जवाफ़ः सम्पुर्ण भेटेरीनरी पेशा संग सम्बन्धित समस्या र चुनौतिहरुको समाधानका साथै पेशागत हक हितको संरक्षण गर्नु नै मेरो प्रमुख एजेन्डा हो। जुन मैले बुदागत रुपमा प्रस्तुत गरिसकेको छु।
प्रश्नः तपाइँको जितको आधार के हो?
जवाफः तमाम ब्यबसायी साथिहरु संगको सामिप्यता र आत्मियता अनि मैले काम गर्न सक्छ भन्ने सम्पुर्ण ब्यबसायी मित्रहरुको म प्रतिको आशा र भरोसा नै मेरो जितको आधार हो।
प्रश्नः तपाईंको जितमा तपाईं महिला हुनाको कारण कुनै समस्या छ कि छैन?
जवाफः महिलाले के गर्न सक्छ भन्ने प्रश्नको जवाफ मलाई दिनु छ। महिलाले के गर्न सक्दैन र? होला सबै महिलामा एकै किसिमको क्षमता नहोला। समग्रमा भन्नु पर्दा म मा पनि क्षमता र खुबि छ, कुनै पुरुष भन्दा कम छैन भनेर म प्रमाणित गरेर देखाउछु।
प्रश्नः तपाइको जित पछि तपाइको पहिलो प्राथमिकता के हुनेछ?
जवाफः मेरो जित पछि मलाई कुनै ब्यबसायिक लाभ कुनै लिनु छैन। यहाहरु सबैलाई थाहा नै छ हामि अहिले कुन अबस्थामा छौ भनेर। हामिले कतिको सेवा र सुबिधा ब्यबसायीहरुलाई दिई रहेका छौ भनेर यहाहरुलाई थाहा नै छ। त्यसैले म उपाध्यक्षमा निर्वाचित भए पछि सम्पुर्ण ब्यबसायीहरुको समस्या र चुनौतिलाई ्प्राथमिकताका साथ काधमा बोकेर समाघान गर्नको लागि हिड्नेछु। आगामि समय बिशुद्द संघको काम र सामजिक कार्यको लागि दिनेछु। यो पछि पनि म संघको कार्यकारी पदमा पुगेर यो ब्यबसायको लागि अझै धेरै काम गर्ने योजनाहरु छ। त्यसैले निर्वाचित भए पछि म ब्यबसायीका हक हितको संरक्षण र समस्याहरुको समाघान गर्नु नै मेरो मुख्य प्राथमिकता हुनेछ।
जितको शुभकामना छ तपाईलाई। समयको लागि धन्यबाद।
मलाई मेरो कुराहरु राख्ने मौका दिनु भएकोमा यहालाई धेरै धेरै घन्यबाद।