मध्यपुर थिमिको ढल निकास समस्याको दीर्घकालीन समाधानका लागि विस्तृत अध्ययन सुरु हुने

मध्यपुर थिमि, १२ साउन २०८३ः

मध्यपुर थिमि नगरपालिकाको लामो समयदेखिको पहलपछि नगर क्षेत्रको ढल निकास समस्याको दीर्घकालीन समाधानका लागि महत्वपूर्ण प्रक्रिया अघि बढेको छ।

नगर प्रमुख सुरेन्द्र श्रेष्ठका अनुसार खानेपानी तथा ढल व्यवस्थापन विभागमार्फत परामर्शदाता (कन्सल्टेन्सी) छनोट भइसकेको छ भने विस्तृत अध्ययन कार्य तत्काल सुरु हुने भएको छ।

उहाँका अनुसार अध्ययनका क्रममा विगतमा पर्याप्त अध्ययनबिना निर्माण गरिएका ढल निकास प्रणाली, डुबान प्रभावित क्षेत्र तथा भविष्यमा देखिन सक्ने सम्भावित समस्याको वैज्ञानिक विश्लेषण गरिनेछ। साथै, नगर क्षेत्रको समग्र ढल निकास प्रणालीलाई व्यवस्थित, योजनाबद्ध र दिगो बनाउने उद्देश्यले आवश्यक योजना तथा डिजाइनसमेत तयार गरिनेछ।

नगर प्रमुख श्रेष्ठले यस अध्ययनले भविष्यमा हुने डुबान तथा ढल निकाससम्बन्धी समस्याको दीर्घकालीन समाधानका लागि महत्वपूर्ण आधार तयार गर्ने विश्वास व्यक्त गर्नुभयो।

यस कार्यलाई अघि बढाउन सहयोग गर्ने खानेपानी तथा ढल व्यवस्थापन विभाग तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउने सबै सरोकारवालाप्रति नगर प्रमुख श्रेष्ठले आभार व्यक्त गर्नुभएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!