रक्तचाप नियन्त्रणमा प्रयोग हुने AMFAST-L औषधि बजारबाट फिर्ता गर्न विभागको निर्देशन

काठमाडौं, औषधि व्यवस्था विभागले उच्च रक्तचाप (ब्लड प्रेसर) नियन्त्रणमा प्रयोग हुने AMFAST-L औषधिको एक ब्याच बजारबाट तत्काल फिर्ता (Recall) गर्न निर्देशन दिएको छ। विभागले उक्त औषधिको गुणस्तर मापदण्ड पूरा नभएको जनाएको छ।

विभागका अनुसार बजार अनुगमनका क्रममा संकलन गरिएको AMFAST-L (Amlodipine and Losartan Potassium Tablets IP) को नमुना राष्ट्रिय औषधि प्रयोगशालामा परीक्षण गर्दा ब्याच नं. 025079 को औषधि IP 2026 ले तोकेको Dissolution Test मा असफल भएको पाइएको छ। त्यसपछि उक्त ब्याचको बिक्री–वितरण रोक्का गरी बजारबाट तत्काल फिर्ता गर्न निर्देशन दिइएको हो। फिर्ता गर्न भनिएको औषधिको उत्पादन मिति जुन २०२५ र म्याद मे २०२७ सम्म रहेको छ। यो औषधि नेपालस्थित Vega Pharmaceuticals Pvt. Ltd., ललितपुर ले उत्पादन गरेको हो।

विभागले सम्बन्धित उत्पादक, बिक्रेता, वितरक तथा स्वास्थ्य संस्थालाई उक्त ब्याचको औषधि तत्काल बिक्री–वितरण नगर्न र बजारबाट फिर्ता गरी विभागमा विवरण पेश गर्न निर्देशन दिएको छ। साथै सर्वसाधारणलाई पनि उक्त ब्याचको औषधि प्रयोग नगर्न आग्रह गरिएको छ।

AMFAST-L Amlodipine र Losartan को संयोजन भएको औषधि हो, जुन उच्च रक्तचाप नियन्त्रणका साथै मुटु सम्बन्धी जटिलता कम गर्न चिकित्सकको सिफारिसमा व्यापक रूपमा प्रयोग हुने औषधि मध्ये एक हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!