गैंडाकोट, साउन ११ — जिल्ला उद्योग वाणिज्य संघ, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) गैंडाकोटको चौथो अधिवेशनबाट छविलाल कँडेलको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ।
नवनिर्वाचित कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा तेजनारायण पाण्डे, प्रथम उपाध्यक्षमा नवराज कँडेल, द्वितीय उपाध्यक्षमा सुरेन्द्र तिवारी, तृतीय उपाध्यक्षमा राजेन्द्र गौतम, उद्योग उपाध्यक्षमा दीपकप्रसाद भट्टराई तथा वाणिज्य उपाध्यक्षमा सालिकराम सापकोटा चयन हुनुभएको छ।
त्यस्तै महासचिवमा माधवप्रसाद सापकोटा, सचिवमा परमेश आचार्य, कोषाध्यक्षमा किशोरकुमार लम्साल र महिला सहकोषाध्यक्षमा सिर्जना पौडेल चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ।
वाणिज्यतर्फ सदस्यमा अमृत श्रेष्ठ, कृष्ण कँडेल, घनश्याम पराजुली, जयलाल पराजुली, तीर्थराज थनेत र रुद्र सापकोटा तथा उद्योगतर्फ सदस्यमा कमल शर्मा, देशबन्धु सिग्देल, राकेशकुमार हरलाल्का र बुद्धिबहादुर विक चयन हुनुभएको छ।
यस्तै वस्तुगत सदस्यतर्फ गुरुप्रसाद नेपाल र देवीप्रसाद पौडेल, एसोसिएट/कर्पोरेट सदस्यतर्फ मेघराज कँडेल र सूर्यप्रसाद घिमिरे, महिला उद्यमी व्यवसायी सदस्यतर्फ मिना दाहाल तथा बजार समिति सदस्यमा शेषकान्त कोइराला चयन हुनुभएको छ।
संघको लेखा समिति संयोजकमा चिन्तामणि कँडेल चयन हुनुभएको छ भने सदस्यमा अर्जुनबहादुर थापा, जीवनकुमार रेग्मी, मोहनराज पौडेल र नारायणप्रसाद अधिकारी रहनुभएको निर्वाचन समिति संयोजक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो।
नवनिर्वाचित कार्यसमितिले जिल्लाका उद्योगी तथा व्यवसायीका समस्या समाधान गर्दै उद्योग तथा व्यापार क्षेत्रको विकास र प्रवर्द्धनमा प्रभावकारी भूमिका खेल्ने अपेक्षा गरिएको छ।
