किपाःग्राफी भक्तपुरको आठौ साधारणसभा तथा चौथौ अधिवेशन सम्पन्न

भक्तपुर, पुष २७, २०८०ः
कृष्ण किसि

सम्पदा संरक्षणका लागि फोटोग्राफी भन्ने मुल नाराका साथ स्थापना भएको किपाःग्राफी भक्तपुरको आठौ साधारणसभा तथा चौथौ अधिवेशन शुक्रबार भक्तपुरमा सम्पन्न भएको छ । साधारणसभाको उदघाटन गर्दै भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशीले फोटोग्राफीको महत्व र उपयोगिता बृहत भएको बताइन् । २०७२ सालको महाभूकम्पपछि भक्तपुरका धेरै पुरातात्विक सम्पदाहरुमा क्षति पुगेको भन्दै उनले पुरानै शैलिमा पुननिर्माण गर्न अनेक ठाउँंबाट फोटो खोजेको तर भेटाउन नसकेको अनुभब सुनाइन् । यही कारण फोटोग्राफीको महत्व रहेको उनको अनुभब थियो । साथै पुरानो फोटोग्राफीकै अभाबमा लाल बैठक, सिंहध्वाका पुननिर्माण ढिलाई भएको उनले सुनाइन् । उनले यही कारण भक्तपुर नगरपालिकाले पुननिर्माण सम्पन्न गरिसकेका पुराना सम्पदाहरुका फोटो पुस्तक बनाइ सुरक्षित राखेको सुनाइन् ।

कार्यक्रममा संघका सल्लाहकार बलराम प्रजापति, काठमाडौं फोटोग्राफर संघका अध्यक्ष हरिप्रसाद घिमिरे, इन्फिनिटी फोटो वल्र्डकी अध्यक्ष कृष्णेश्वरी दुवाललगायतले फोटोग्राफीको महत्वबारे चर्चा गरे । कार्यक्रममा संघका अध्यक्ष पदमसुन्दर शाक्य, सचिव जयराम प्रजापति, सहसचिव बालकृष्ण प्रजापतिलगायतले आआफनो धारणा राखेका थिए । कार्यक्रममा संघमा आवद्ध रहेर विभिन्न फोटोग्राफी प्रतियोगितामा विजयी हुन सफल फोटोग्राफरहरुलाई सम्मान गरिएका थियो । २०७२ सालको महाभूकम्पपछि फोटो महत्व बुझेर २६ जनाको संयुक्त पहलमा संघको स्थापना भएको कार्यक्रममा बताइयो । कार्यक्रममा पूर्व अध्यक्ष अच्युत प्रजापति, फोटोग्राफीका चर्चित शिक्षक शरद राईलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!