काठमाडौं, माघ ११, २०८०ः
नेपाल पशुपंक्षी औषधि ब्यबसायी संघको केन्द्रिय कार्यसमितिको बैठकले संघको केन्द्रिय सल्लाहकारमा सरोकारवाला संघका अध्यक्षहरुलाई मनोनयन गरेको छ । संघको हिजो बसेको बैठकले पशुपंक्षी औषधि ब्यबसायको क्षेत्र संग सम्बन्ध राख्ने संस्थाका अध्यक्षहरुलाई संघको केन्द्रिय सल्लाहकारमा मनोनयन गरिएको संघका अध्यक्ष रितेश रिमालले जानकारी दिनुभयो ।
अध्यक्ष रिमालका अनुसार नेपाल औषधि ब्यबसायी संघका केन्द्रिय अध्यक्ष प्रकाश खण्डेलवाल, नेपाल भेटेरिनरी एसोसियसनका केन्द्रिय अध्यक्ष डा रामकृष्ण खतिवडा, भेटेरिनरी अभ्यासकर्ता संघ नेपालका अध्यक्ष डा बलराम थापा, नेपाल पारा भेटेरिनरी एण्ड लाईभस्टक एसोसियसनका अध्यक्ष राम प्रसाद मेहता र नेपाल पशु स्वास्थ्य प्राबिधिक संघका अध्यक्ष जनक रावललाई संघको केन्द्रिय सल्लाहकारमा मनोनयन गरिएको हो ।
पशुपंक्षी औषधि ब्यबसायमा रहेका समस्याहरुलाई सामुहिक रुपमा एकताबद्द भएर समाधान गर्ने उदेश्य अनुरुप सरोकारवाला संघ संस्थाहरु संग हातेमालो गर्दै उहाहरुलाई केन्द्रिय सल्लाहकारमा मनोनयन गरिएको संघका महासचिब सादुराम ढकालले बताऍ ।
