राष्ट्रियसभा निर्वाचन : बागमतीमा सत्ता गठबन्धनका सबै उम्मेदवार विजयी

मकवानपुर, माघ ११, २०८०।

राष्ट्रियसभा सदस्यका लागि आज भएको निर्वाचनमा बागमती प्रदेशबाट सत्ता गठबन्धनका चारै जना उम्मेदवार विजयी हुनुभएको छ ।

सत्ता गठबन्धनबाट महिलातर्फ विष्णु कुमारी पुडासैनी, अल्पसङ्ख्यक÷अपाङ्गतातर्फ श्रीकृष्ण अधिकारी, दलिततर्फ धनश्याम रिजाल विश्वकर्मा र अन्यतर्फ जीतजंग बस्नेत निर्वाचित हुनुभएको हो ।

प्रदेशमा अल्पसङ्ख्यक र अपाङ्गता, महिला, दलित र अन्य गरी चार क्षेत्र (क्लस्टर) का चार जनाका लागि राष्ट्रिय सभा सदस्यमा निर्वाचन भएकोमा अल्पसङ्ख्यक र अपाङ्गता कोटातर्फ नेकपा माओवादीका अधिकारी महिला कोटातर्फ नेपाली काँग्रेसकी पुडासैनी, दलितबाट नेकपा एकिकृत समाजवादीका विश्वकर्मा र अन्यबाट नेपाली काँग्रेसका बस्नेत निर्वाचित हुनुभएको मुख्य निर्वाचन अधिकृत श्रीप्रसाद सञ्जेलले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!