माधव नेपाल लक्षित ओलीको टिप्पणी : ‘पार्टी फुटाउने तत्वसँग एकता हुँदैन’

काठमाडाैं , फागुन १०, २०८०ः

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) पार्टीसँग एकता नहुने बताउनुभएको छ । बिहीबार पार्टी केन्द्रिय कार्यालय च्यासलमा विभिन्न पार्टी परित्याग गरी आएका नेता तथा कार्यकर्ताहरुलाई एमालेमा प्रवेश गराउँदै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले दुई तिहाईको पार्टी फोडेकोमा पश्चताप नगर्ने, माधव नेपाललक्षित पार्टी कमजोर बनाएकोमा, दुई तिहाईको सरकार ढालेर दक्षिणपन्थी सरकार बनाएकोमा पश्चताप नगर्नेहरुलाई एमालेमा प्रवेश नगराउने बताउनुभयो । उहाँले अहिले पार्टी प्रवेशको लहर तिब्र गतिमा बढिरहेको जिकिर गर्नुभयो ।

पार्टी प्रवेश गर्नेहरुमा पूर्व प्रदेशसभा सदस्य तथा आम जनता पार्टीका उपमहासचिव कुन्दन कुसवाहा, आम जनता पार्टीका केन्द्रीय सदस्य अरविन्दकुमार यादव, केन्द्रीय सदस्य सञ्जयकुमार साह, सरफलाल महतो, दीपककुमार दुबे र सुरेन्द्रप्रसाद चौधरी लगायतका नेताहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!