न्यून गुणस्तरको औषधि फिर्ता गर्न बिभागको निर्देशन ः टाईम र लोमस फर्मास्युटिकल्सको औषधी गुणस्तरहीन

काठमाडौ, जेठ २४, २०८१ः

टाईम फर्मास्युटिकल प्रा लि ्तथा लोमस फर्मास्युटिकल प्रा लि द्वारा उत्पादित औषधी न्यून गुणस्तरको पाईएको छ। औषधी ब्यबस्था बिभागबाट बजार अनुगमनको क्रममा संकलन गरिएका औषधिहरुको नमुना राष्ट्रिय औषधि प्रयोगशालाबाट परिक्षण गर्दा उक्त औषधीहरु गुणस्तरहिन पाईएको हो।

नवलपरासीमा रहेको टाईम फर्मास्युटिकलले उत्पादन गरेको व्याच नं ड्ब्लु एस ०७१ को वर्मस्टाट सस्पेन्सन औषधी तथा ्काठमाडौंको लोमस फर्मास्युटिकलले उत्पादन गरेको व्याच नं सिबिएस ०२२३ को कोलिबान सस्पेसन न्यून गुणस्तर भएको पाइएकोले उक्त बनावट (Dosage Form) भएको औषधि्हरु, औषधि ऐन २०३५ को दफा १४ बमोजिम विक्रि वितरण रोक्का गरि बजारबाट तुरुन्त फिर्ता (Recall) गर्न बिभागले निर्देशन दिएको छ।

साथै बिभागले रिकल सम्बन्धी सम्पुर्ण विवरण विभागमा पेश गर्न सम्बन्धित उद्योग तथा तिनका प्रतिनिधिहरुलाई निर्देशन दिएको छ। बिभागले उक्त ब्याच नं. उल्लेख भएका औषधिको सिफारिस, विक्रि वितरण तथा प्रयोग समेत नगर्न र नगराउनु हुन समेत सम्बन्धित सबैलाई सचेत गराएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!