काठमाडौँ, असार १२, २०८१ः
रत्न काजि प्रजापति
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा फेरि वृद्धि गरेको छ ।
संघको आज बसेको व्यवसायीहरुको भौतिक र भर्चुअल बैठकले अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल गरि चितवनलाई आधार मानी अण्डाको नया समर्थन मूल्य कायम गरेको हो । नया समर्थन मुल्य अनुसार अब मिडियम साइजको अण्डा प्रतिक्रेट ४७०/- रुपैयाँ, ठुलो अण्डा प्रतिक्रेट ५००/- रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ५१५/- रुपैयाँ पर्नेछ । यो मुल्य यहि असार १३ गते बिहिबार देखि लागु हुनेछ ।
यस अघि असार ५ गते देखि लागू हुने गरि संघले अण्डाको नया मुल्य लागू गरेको थियो, जस अनुसार अण्डाको मूल्य क्रमश ४६५/-, ४८०/- र ५१५/- कायम गरेको थियो।
किन बढ्यो अण्डाको मुल्य?
बिगत केहि महिना देखि अण्डाको मुल्य निरन्तर रुपमा बढिरहेको छ। नेपाल लेयर्स कुखुरापालक संघका सचिव मदन चिरञ्जीवी पोखरेलका अनुसार बजारमा अण्डाको माग बढ्नु र अण्डाको उत्पादनमा कमि आउनु नै अण्डाको मुल्य बढ्नुको प्रमुख कारण हो। अत्यधिक गर्मि तथा अन्य बिबिध कारणले गर्दा उत्पादकत्वमा आएको ह्रासका कारण अण्डाको मुल्यमा बृद्दि भएको सचिब पोखरेलले नौलोआयाम डटकमलाई बताए।
अण्डाको यो मुल्य अहिलेसम्म कै सबैभन्दा उच्च मानिएको छ।