मध्यपुर थिमि, असार १३, २०८१ः
राष्ट्रिय वन दिवसको उपलक्ष्यमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) मध्यपुर थिमि नगर कमिटीले वृक्षरोपण कार्यक्रमको आयोजना गरेको छ। मध्यपुर थिमिको शंखधरचोकस्थित वनदेवी क्षेत्रमा उक्त वृक्षारोपण कार्यक्रमको आयोजना गरिएको हो।
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द)का केन्द्रिय सदस्य दिलिप कुमार प्रजापति “भिष्म”को प्रमुख आतिथ्यतामा तथा पार्टीका नगर कमिटी अध्यक्ष एवं मध्यपुर थिमि नगरपालिकाका उप प्रमुख विजयकृष्ण श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा बिभिन्न जातका करिब १०० वटा फूलको बोट रोपिएको थियो।

कार्यक्रमलाई संक्षिप्त संबोधन गर्दै उप प्रमुख विजयकृष्ण श्रेष्ठले बन क्षेत्रको संरक्षण र ब्यबस्थापनमा नगरपालिकाले आबश्यक सहयोग गर्ने बताउनु भयो।
नेकपा (माओवादी केन्द्र)का केन्द्रिय सल्लाहकार एवं बालकुमारी विष्णुवीर सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष कृष्णलाल गोजा श्रेष्ठका अनुसार बालकुमारी विष्णुवीर सामुदायिक वन अन्तर्गत ब्लक नं. क क्षेत्रमा उक्त बृक्षरोपण गरिएको हो।
उक्त वृक्षरोपण कार्यक्रममा पुर्ब प्रदेश सभासद एबं पार्टीका केन्द्रिय सदस्य प्रतिमा श्रेष्ठ प्रजापति, पार्टीका जिल्ला पदाधिकारी तथा सदस्यहरु, अनेमसंध (क्रान्तिकारी)का जिल्ला पदाधिकारी तथा सदस्यहरु, पार्टीका बिभिन्न नगर ्कमिटीका पदाधिकारी तथा सदस्यहरु, बिभिन्न जनवर्गिक संगठनका सदस्यहरु लगायत स्थानिय बाताबरण प्रेमीहरुको ब्यापक सहभागिता रहेको पार्टीका नगर उपाध्यक्ष बिकेश श्रेष्ठले जानकारी दिनु भयो।