काठमाडौं, असार २२, २०८१ः
बिश्व जुनोसेस दिबसको उपलक्ष्यमा आज एक अन्तरक्रिया कार्यक्रमको आयोजना हुदैछ।
भेटेरिनरी पब्लिक हेल्थ एसोसिएसन नेपाल (VPHAN) र भेटेरिनरी प्र्याक्टिसनर्स एसोसिएसन नेपाल (VPAN) को संयुक्त आयोजनामा उक्त कार्यक्रमको आयोजना हुने भएको हो।
कार्यक्रममा “जुनोटिक रोगहरूको फैलावट रोक्ने” बिषयमा फिल्डमा कार्यरत पशु चिकित्सकहरु संग अन्तरक्रिया गरिने छ।
त्रिपुरेश्वर स्थित नेपाल भेटेरिनरी काउन्सिलको हलमा दिउसो २ बजे देखि ४ बजे सम्म उक्त कार्यक्रमको आयोजना हुने नेपाल भेटेरिनरी एसोसिएसनका केन्द्रिय महासचिब डा. केदार सुबेदीले जानकारी दिनु भयो।
