सडक किनारमा बसेर यसरी जादु देखाउदै बिभिन्न अबिश्वसनिय करतवहरु देखाउदै दर्शकलाई भ्रमित बनाउने कार्यमा प्राय भारतियहरु नै हुन्थे । हामी निकै अनौठो मानेर हेरिरहन्थ्यौ । जब जादुगर पैसा माग्न थाल्थ्यौ हामी भाग्दथ्यौ । मानौ हामी शुल्क तिरेर हेर्न चाहन्नथ्यौ या भनौ पैसा माग्न आफु सामु आइहाल्दा आफ्नो गोजी रित्तो हुदा जादु गरेर फेरी आफुलाई केही गरिदिन्छ कि भन्ने डर हुन्थ्यो ।
यि जादुगरहरुको प्रमुख बिद्धया भन्नु नै ईन्द्रजाल हो । भारतियहरु ईन्द्रजालका कितावहरु पढेर वा गुरुबाट सिकेर यस्तो जादु देखाउदै हिड्ने गर्दथे । यसरी देखाउने ईन्द्रजालको प्रमुख श्रोत भनेको रामायणकालिन लंकाका राजा रावण नै हुन् । त्यतिबेलाका बैज्ञानिक तथा अध्ययनशिल रावणले देवताका राजा ईन्द्रलाई पनि छलकपट गरेर जाल गर्न सफल भएको हुदा यस बिध्यालाई ईन्द्रजाल भनिएको हो ।