शिक्षक संगठनको छैटौ जिल्ला सम्मेलन सम्पन्न, डुम्रेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित

भक्तपुर, २८ माघ, २०७९:

माओबादी निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन भक्तपुरको छैटौ जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनले जगन्नाथ डुम्रेको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति निर्वाचित गरेको छ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा यन्द्र दाहाल र महिला उपाध्यक्षमा बिमला थापा, सचिवमा रत्न सुनुवार र कोषाध्यक्षमा लोकेन्द्र बिष्ट निर्वाचित भएका छन । कार्यसमितिका सदस्यहरुमा बिनोद बासुकला, मञ्जु बराल, कृष्ण भक्त श्रेष्ठ, हिसिला श्रेष्ठ, शोभा साह, भूमिनन्द तिमिल्सिना, झलक धमला, जमुना सुबेदी, गीता राइ, नारायण खड्का, गणेश तिमल्सिना र मिनबहादुर घिमिरे रहेका छन् ।

नव निर्वाचित अध्यक्ष जगन्नाथ डुम्रेले शिक्षकको पेशागत हकहितको प्रवर्द्धन गर्न तथा जिल्लामा शिक्षाको बिकास गर्न अहोरात्र खट्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।

अधिवेशनको उद्घाटन सत्रमा नेकपा(माओवादी केन्द्र)का भक्तपुर जिल्ला इन्चार्ज दिलिप प्रजापति भिष्म, सह इन्चार्ज एवं बागमती प्रदेश सभाका सांसद देवेन्द्र श्रेष्ठ, केन्द्रीय सदस्य एवं मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार डिपी ढकाल, जिल्ला संयोजक सुनिल गोठे र मध्यपुर थिमीका नगर अध्यक्ष विजय श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो ।

उक्त अवसरमा सेवानिवृत्त भएका संगठनका शिक्षकहरुलाई सम्मान पत्रबाट सम्मानित समेत गरिएको थियो । सम्मानित हुने शिक्षकहरुमा रामभक्त बाँनिया,श्याम लिगल, विश्वप्रसाद पोखरेल र राजाराम श्रेष्ठ रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!