दोहा , ५ साउन, २०८१ः
नेकपा एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले आगामी निर्वाचनमा माओवादीसँग गठबन्धन नगर्ने सर्तमा कांग्रेस एमाले सरकार बनेको बताउनुभयो ।
शुक्रबार दोहामा भएको प्रवासी मञ्चको सातौँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै पोखरेलले त्यस्तो खुलासा गर्नु भएको हो । प्रचण्डकै कारण बाम सरकार ढलेकोउहाँले बताउनुभयो । पोखरेलले कतारबाट भित्रिएको रेमिट्यान्सलाई कसरी व्यवस्थित गर्ने भन्ने चुनौती अहिलेको आवश्यकता रहेको बताउनुभयो । उहाँले रेमिट्यान्सको पैसा उत्पादनमा लगाउनुपर्नेमा जोड दिनुभयो । ।
राजनीतिक स्थायित्वको लागी कांग्रेस एमाले सरकार बनेको बताउनुभयो । २० सिट भएकालाई प्रधानमन्त्री बन्ने अवस्था आएकाले जनताको अभिमत प्राप्त दलहरूले नयाँ सरकार गठन गरेको उहाँले बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य उमाशंकर अगरियाले मधेसका पार्टी विगतदेखि आफैँ पद लोलुपताले फुटेको बताउनुभयो ।