विनोद शाह बागमति प्रदेशका मुख्यमन्त्री लामाको राजनीतिक सल्लाहकार

हेटौँडा, साउन १३ , २०८१ः

बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङको प्रमुख राजनीतिक सल्लाहकारमा विनोद शाह नियुक्त हुनुभएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको मन्त्रिपरिषद् बैठकले नुवाकोटका शाहलाई प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको हो।

बागमती प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री सुरजचन्द्र लामिछानेले मन्त्रिपरिषद् बैठकले शाहलाई मुख्यमन्त्रीको प्रमुख राजनीतिक सल्लाहकारमा नियुक्त गर्ने निर्णय गरेको जानकारी दिनुभयो।

नुवाकोटको तादी गाउँपालिका २ का शाह प्रदेश सुशासन ऐन २०७७ मा भएको व्यवस्था अनुसार प्रमुख राजनीतिक सल्लाहकारमा शाह नियुक्त हुनुभएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!