एमालेमा प्रदेश इन्चार्जहरूको जिम्मेवारी हेरफेर

काठमाडौं,साउन १७, २०८१ः

नेकपा एमालेमा प्रदेश इन्चार्जहरू फेरिएका छन्। बिहीबार बसेको पार्टिको सचिवालय बैठकले सचिवद्वय पद्मा अर्याल र लेखराज भट्ट बाहेक अरु प्रदेश इन्चार्ज फेरेको हो।

पार्टी सचिव अर्याल लुम्बिनी र भट्ट सुदूरपश्चिम प्रदेश इन्चार्ज छन्। बाँकी प्रदेशमा नयाँ इन्चार्ज आएका छन्।

कोशीको इन्चार्जमा शेरधन राई, मधेसमा लीलानाथ श्रेष्ठ, बागमतीमा राजन भट्टराई र कर्णालीमा गोरखबहादुर बोगटी प्रदेश इन्चार्ज बनेका छन्।

यसअघि कोशीमा रघुवीर महासेठ, मधेसमा योगेश भट्टराई, बागमतीमा गुरु बराल र गण्डकीमा गोकर्ण विष्ट इन्चार्ज थिए।

सचिवहरू गोकर्ण, योगेश, रघुवीर र छविलाल विश्वकर्माले भने चुनाव जितेकाले दोहोरो जिम्मेवारी नदिने नीति अन्तर्गत इन्चार्जबाट हटेका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!