तीन राज्यमन्त्रीद्वारा पद तथा गोपनीयताको शपथ

काठमाडौँ, साउन १८, २०८१ः

नवनियुक्त तीन राज्यमन्त्रीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा शुक्रबार आयोजित समारोहमा प्रधानमन्त्रीसमक्ष तीन राज्यमन्त्रीले शपथ लिनुभएको हो ।

शपथ लिनुहुनेमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुणकुमार चौधरी, वन तथा वातावरण राज्यमन्त्री रुपा बिक र ऊर्जा, जलस्रोत र सिँचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ हुनुहुन्छ ।

शपथ कार्यक्रममा उपप्रधानमन्त्रीहरू, मन्त्रीगण, मुख्यसचिव, उच्चपदस्थ अधिकारी सहभागी हुनुहुन्थ्यो । योसँगै २५ सदस्यीय मन्त्रिपरिषद्ले पूर्णता पाएको छ । प्रधानमन्त्री ओली गत असार ३० गते नियुक्त हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!