हेलिकप्टर दुर्घटनाका मृतकहरुको शब पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा

काठमाडौँ, साउन २३, २०८१ः

नुवाकोटको सूर्यचौर गाउँपालिका-७ मा भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना्मा मृत्यु हुनेहरुको परिचय खुलेको छ। मृत्यु हुनेमा ४ पुरुष र १ महिला छन् । जसमा नेपाली नागरिक क्याप्टेन अरुण मल्ल, अन्य चार चिनिया नागरिक रहेका छन् । चिनिया नागरिकमा नागरिक ताङ जुताओ, उ यियाओ (महिला), लि जिइ र झी जेमिङ रहेको नेपाल नागरिक उड्डयन प्राधिकरणले विज्ञप्ति मार्फत जानकारी गराएको छ ।

मृतकहरूको शव सङ्कलन गरी पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौँ ल्याउने तयारी गरिएको पनि नागरिक उड्डयन प्राधिकरणले उल्लेख गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!