कर वृद्धिको विरोधमा हेटौंडा उपमहानगरपालिकालाई व्यवसायीले बुझाए साँचोः शुक्रबार अपरान्ह बार्ता हुदै

हेटौंडा, साउन ३२, २०८१ः

हेटौंडा उपमहानगरपालिकाले एक तर्फी रुपमा गरेको कर वृद्धिको विरोधमा हेटौंडामा व्यवसायीहरुले आफ्ना व्यवसाय बन्द गरेर प्रतिकात्मक रुपमा साँचोको डमी उपमहानगरलाई बुझाएका छन्।आन्दोलनमा रहेका व्यवसायीले मेयर मिनाकुमारी लामा र उपमेयर राजेश बानियाँलाई शुक्रबार साँचो बुझाएका थिए।

हेटौंडाका उद्योगी व्यवसायीहरुले उपमहानगरपालिकाले अस्वभाविक ढंगले कर वृद्धि गरेको भन्दै विगत ५ दिनदेखि मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्वमा आन्दोलन गर्दै आएका छन्।

यही आन्दोलनको बीच उपमहानगरपालिकाले वार्ताका निम्ति मकवानपुर उद्योग वाणिज्य संघलाई बिहीबार पत्राचार गरेको छ। शुक्रबार अपरान्ह उद्योग वाणिज्य संघका प्रतिनिधि र उपमहानगरपालिकाबीच वार्ता हुने उद्योग वाणिज्य संघले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!