थामेमा भीषण बाढीपछि प्रधानमन्त्रीको चासो, गरे सोलुखुम्बुका सीडीओ पाण्डेलाई फोन

काठमाडौं, साउन ३२, २०८१ः

प्रधानमन्त्री केपी शर्मा ओलीले थामे गाउँमा आएको भीषण बाढीबारे चासो राखेका छन्। उनले सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी (सीडीओ) देवी पाण्डेलाई टेलिफोन गरेर घटनाबारे जानकारी लिएका हुन्।

बस्तीको बीचबाट खोला पस्दा १२ वटा घर, एक स्कुल र स्वास्थ्य चौकीमा क्षति भएको पाण्डेले जानकारी गराइन्। तर हिम पहिरो आएको वा हिमताल फुटेर बाढी आएको हो भन्ने यकिन भइनसकेको पनि उनले जानकारी दिइन्। दिउँसो बादल लागेका हेलिकप्टर समेत जान सक्ने अवस्था नभएको प्रजिअ पाण्डेले जानकारी दिइन्। तल्लो थामेमा आएको बाढीबाट प्रभावित भएकाहरूलाई उपल्लो थामेमा भएका होटल तथा घरमा राखिएको छ ।फोन संवादका क्रममा प्रधानमन्त्री ओलीले पहिरोमा माटोभन्दा पानी पनि देखिएकाले सुख्खा पहिरो हुनसक्ने अनुमान गरे।

ओलीले पाण्डेलाई भने, ‘त्यहाँ मानवीय क्षति हुन नपाओस् भन्नेमा ध्यान दिनुस्। धनमालको क्षति भइहाल्यो, सरकारले केही गरौँला।’ मौसम खराब नभए भोलि रक्षामन्त्री सहितको टिम आउने उनले जानकारी दिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!