काठमाडौँ, भाद्र २, २०८१ः
रत्न काजि प्रजापति
नेपाल लेयर्स कुखुरापालक संघले अण्डाको मूल्यमा समायोजन गरेको छ ।
संघको आज बसेको व्यवसायीहरुको बैठकले अण्डाको उत्पादन र बजार अवस्थाका बारेमा गम्भीर रूपमा छलफल गरि चितवनलाई आधार मानी अण्डाको नया समर्थन मूल्य कायम गरेको हो ।
नया समर्थन मुल्य अनुसार अब मिडियम साइजको अण्डा प्रतिक्रेट ४१५/- रुपैयाँ, ठुलो अण्डा प्रतिक्रेट ४८५/- रुपैयाँ र सबैभन्दा ठुलो अण्डा प्रतिक्रेट ५००/- रुपैयाँ पर्नेछ । यो मुल्य भोलि भाद्र ३ गते सोमबार देखि लागु हुनेछ ।
यस अघि असार २९ गते देखि लागू हुने गरि संघले अण्डाको नया मुल्य लागू गरेको थियो, जस अनुसार अण्डाको मूल्य क्रमश ४९०/-, ५१०/- र ५३०/- कायम गरेको थियो।
असार २९ गतेको मुल्य समायोजन पछाडी निकै पटक संघको बैटक बसिसकेको भएता पनि बिबिध कारणबस अण्डाको मुल्य समायोजन नगर्दा बजारमा फरक फरक मुल्यमा अण्डाको कारोबार भैरहेको थियो।
यो मुल्य समायोजन पश्चात किसान र ब्यबसायी दुबैलाई कारोबारमा सहज हुने बिश्वास गरिएको छ।