काठमाडौं, भाद्र ५, २०८१ः
आज नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घ अनुसार बुधबार सुन तोलामा ८ सय रुपैयाँले बढेर एक लाख ५३ हजार रुपैयाँमा कारोबार भइरहेको छ। यसअघि मङ्गलबार सुनको मूल्य १ लाख ५२ हजार २ सय रहेको थियो।
त्यस्तै आज चाँदीको मूल्य आज प्रतितोला २५ ले बढेर १८ सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।