मध्यपुर थिमिको धुन्चोपाखामा आगलागीः करिब चार लाखको क्षति

मध्यपुर थिमि, भाद्र ७, २०८१ः

भक्तपुर जिल्ला मध्यपुर थिमि नगरपालिका वडा नं. ७ धुन्चोपाखामा शुक्रबार आगलागी भएको छ ।

स्थानीय रत्न हैजुको दुई तले फलामको ट्रष्ट हालेको भुईतलामा रहेको दुलहती पराजुलीले सञ्चालन गरेको शिवदुती डेरीमा आगलागी भएको प्रहरीले जनाएको छ । ग्यासबाट दुध तताउने क्रममा ग्यास लिक भई अचानक आगलागी भएको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

तत्कालै प्रहरी वृत्त थिमि भक्तपुरबाट प्र.ना.उ. को कमाण्डमा २० जनाको टोली खटिई गएको स्थानीयबासीहरु र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइसकेको परिसरमा सूचना अधिकृत राजन कार्कीले जनाए । आगलागिबाट करिब ३ लाख ५४ हजार बराबरको सामानहरु जली क्षति भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!