साफ यू-२० च्याम्पियनसिप फुटबलः भुटानलाई हराउँदै नेपाल फाइनलमा प्रवेश

काठमाडौँ-, भाद्र ९, २०८१ः

नेपाल साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिताको फाइनलमा पुगेको छ । आज भएको सेमिफाइनलमा भुटानलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल फाइनलमा पुगेको हो ।

निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो । पेनाल्टीमा नेपाल ४-१ ले विजयी भएको एन्फाको फेसबुक पेजमा उल्लेख छ ।

नेपालका गोलकिपर जियारथ शेखले भुटानको २ वटा प्रहार रोकेका थिए ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!