न्यून गुणस्तरको फिड सप्लिमेन्टहरू रिकल गर्न बिभागको निर्देशनः आयात तथा बिक्रीवितरण हाललाई रोक्का

काठमाडौं, भाद्र १२, २०८१ः

पशु सेवा विभागले गरेको एक परिक्षण अनुसार सात पशुपंक्षीका पुरक आहारहरु गुणस्तरहीन पाईएको छ।

पशु सेवा विभाग अन्तर्गत राष्ट्रिय पशु आहारा तथा लाइभष्टक गुण व्यवस्थापन प्रयोगशालाबाट अनुगमनका क्रममा संकलन गरिएका बिभिन्न फिड सप्लिमेन्टहरु परिक्षण गर्दा गुणस्तरहीन पाईएको हो। गुणस्तरहीन सात उत्पादनहरु मध्ये ६ वटा भारतिय उत्पादकका रहेका छन भने एउटा उत्पादन स्वदेशी कम्पनीको रहेको छ।

विभागका अनुसार पोल्ट्री केयर इन्डियाको ग्रोभिट, आइडिएल रेमेडिज प्रा. लि. को क्याल–डी फोर्ट, न्युट्रेसा अर्गानिक्स इन्डिया प्रा.लि.को न्युट्रेसा न्युट्रिअस, भेटबेस्टा ल्याबको मल्टिस्टार लिक्विड, बाडर सुज ल्याब्रोटोरिज प्रा.लि.को एभिटोनिक प्लस लिक्विड, पि एस हेल्थकेयरको क्यारेक्स–के र नेशनल भेट फर्मुलेसन प्रा.लि.को मल्टिभेट प्रयोगशाला परीक्षणमा गुणस्तरहीन पाईएको हो।

पि एस हेल्थकेयरको क्यारेक्स–के मा लेबलमा उल्लेख भए बमोजिम भिटामिन “ए” नभएको तथा अन्य सबै उत्पादनमा भिटामिन “डि” लेबलमा उल्लेख भए बमोजिम नपाईएको हो।

बिभागले न्यून गुणस्तरको पाइएको फिड सप्लिमेन्टहरूको आयात तथा बिक्रीवितरण हाललाई रोक्का गरिएको तथा ती उत्पादनहरु बजारबाट तुरुन्त फिर्ता गर्न निर्देशन दिएको छ। साथै बिभागले सम्बन्धित उद्योग तथा आयातकर्ता र तिनका प्रतिनिधिहरूहरुलाई १० दिन भित्र रिकल सम्बन्धी सम्पुर्ण बिबरण बिभागमा पेश गर्न निर्देशन दिएको छ।

यस अघि पनि २०७८ सालको फागुन र पुसमा पशु सेवा बिभागले फिड सप्लिमेन्टहरूको नमुना परिक्षण गर्दा झन्डै बीस उत्पादनहरु न्युन गुणस्तरको पाईएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2

error: Content is protected !!